इटहरी : इटहरीमा प्रदेश १ का युवाहरु संगठित भएका छन् । लिबरल सोसाइटी क्लबको आयोजना तथा ब्रक विश्वविद्यालयको सहकार्यमा इटहरीमा प्रदेश १ का युवाहरु संगठित भएका हुन् ।

दुई दर्जन बढी युवाहरुको सहभागीतामा नयाँ राजनीतिक संरचना तथा नेपालको राजनीतिक संस्कारमा युवा नाम दिई उक्त भेला सम्पन्न भएको थियो । प्रदेश १ मा युवाले भोगेका समस्या र यसको न्यूनिकरणका लागि विभिन्न समस्या सँगै सुझावहरु संकलन गरिएको थियो ।

नेपालमा नयाँ संरचनाहरुको व्यवस्था भएपनि उनीहरुले प्रभावकारी ढंगले काम र एक अर्का बीच तालमेल गर्न नसकिरहेको अवस्था रहेकाले यसको न्यूनिकरणका लागि सहभागीले आफ्नो मत राखेका थिए ।

कार्यक्रमा प्रदेश सांसद नवोदिता चौधरी, इटहरीकी उपमेयर लक्ष्मी गौतम, वडा ४ का वडाध्यक्ष चन्द्र प्रसाद भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

उनीहरुमाझ सहभागीले गुणस्तरीय शिक्षाको अभाव, युवाहरुको लागि अवसरको कमी, सार्वजनिक सेवाको दुरुपयोग, प्रशासनले युवा प्रतिको नकारात्मक सोचाईले आत्मबल कमजोर बन्नु, राजनीतिमा युवाको दुरुपयोग भएको जस्ता समस्या उठान गरेका थिए ।

लिबरल सोसाईटीका अध्यक्ष सुबेक्छु देवान राईले युवाहरुमा भएका कुरालाई राज्यसमक्ष पुर्याउनका लागि उक्त कार्यक्रमको आयोजना गरिएको बताए । हामीले युवाहरुमा भएका समस्याको न्यूनिकरणका लागि उक्त कार्यक्रमको आयोजना गरेका हौँ - उनले भने ।

कार्यक्रममा ब्रक विश्वविद्यालयका ट्रम्प होनेल लगायतको सहभागी रहेको थियो ।