झापा: झापाको गौरादहस्थित एक विद्यालयका विद्यार्थीलाई लायन्स क्लबले शैक्षिक सामाग्री बितरण गरेको छ ।

गौरादह ४ स्थित कंचनजंघा आधारभूत विद्यालयलाई लायन्स क्लब अफ दमक ग्रिन सिटीले शैक्षिक सामाग्री बितरण गरेको हो । क्लबका अध्यक्ष देबेन्द्र भट्टराई लगायतको टोलीले आज विद्यालयमै पुगेर त्याहाका विद्यार्थीहरुलाई ११ सय ४० थान कापी, पेन्सिल, ईरेजर लगायतका शैक्षिक सामाग्री हस्तान्तरण गरेको लायन्स क्लब अफ दमक ग्रिनसिटिका मिडिया अफिसर सुुदिप अधिकारीले जानकारी दिए ।

विद्यालय परिसरमा आयोजित एक कार्यक्रममा गौरादह नगरपालिका वडा नम्बर ४ का अध्यक्ष मणिन्द्र कार्की, विद्यालय व्यवस्थापन समिति अध्यक्ष आनन्द कुमार लिम्बु लगायतको उपस्थितीमा सो शैक्षिक सामाग्री बितरण गरिएको हो । अत्यन्तै न्यून आय भएका अभिभाबकका छोराछोरी अध्यनरत सो विद्यालयमा १ सय ३ जना विद्यार्थी अध्यनरत रहेको विद्यालयका प्रधानाध्यापक तिर्थ भुजेलले जानकारी दिएका छन् ।