धरान: धरानलाई शैक्षिक केन्द्रको बनाउने लक्ष्य लिएर बालविकास केन्द्रको स्तरउन्नती गर्ने उद्देश्यले शिक्षिकाहरुका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त तालिम धरान १२ स्थित पब्लिक माविमा वैशाख २४ गते देखि जेष्ठ २ गतेसम्म संचालन भएको थियो । तालिममा कक्षा संचालन प्रकृया, सहजिकरण विधि, बाल केन्द्रित सिकाई, बाल अधिकार, केन्द्रको प्रभावकारी व्यवस्थापन, सामग्री निर्माण, बाल गित, कथा, कविता, खेल सम्बधि विषयवस्तुमा प्रशिक्षण प्रदान गरिएको थियो । धरानलाई वाल मैत्री नगर घोषणा गर्ने क्रममा विद्यालय र बाल विकास केन्द्रको अहम् भुमिका रहने भएकाले तालिम आयोजना गरिएको धरान उपमहानगरपालिकाकी वालमैत्री कार्यक्रम फोकल पर्सन निर्मला बस्नेतले जानकारी दिइन् ।'बालविकास केन्द्रको शिक्षिकाहरुलाई आवश्यक ज्ञान,सीप र अवधारणा प्रदान गर्न तालिमको आयोजना गरिएको हो,'उनले भनिन् ।

३ देखि ५ वर्ष उमेरका बालबालिकाहरुको चैतर्फी विकासका गर्नु बालविकास केन्द्रको प्रमूख उद्देश्य हो । धरानमा समुदायमा आधारित र विद्यालयमा आधारित गरी जम्मा ६८ वटा बाल विकास केन्द्रहरु संचालित छन् । केन्द्रहरुका शिक्षिकाहरुले धेरै लामो समय देखि प्रशिक्षण पाएका थिएनन् । कतिपय बाल विकास केन्द्रका शिक्षिकाहरुले कुनै पनि तालिम नै नलिईकन वर्षै देखि केन्द्र संचालन गरिरहका थिए । केन्द्र संचालन सम्बन्धि तालिम नपाउदा आफुहरु समस्यामा परिरहेको केन्द्रका शिक्षिकाहरुको गुनासोलाई पनि सम्बोधन गर्न तालिम आयोजना गरिएको हो । केन्द्रमा बालबालिकाहरुलाई के के सिकाउने, कसरी सिकाउने भन्ने आवश्यक ज्ञान सीप र अवधारणबारे सहभागितामूलक र प्रयोगात्मक तालिम सम्पन्न भएको थियो ।

balbikashh

तालिमबाट आफुहरुले धेरै कुरा सिक्न पाएको र केन्द्र संचालन हिजोका दिन भन्दा प्रभावकारी हुने तालिममा सहभागीहरुले प्रतिकृया दिएका थिए । बाल विकास केन्द्र बालबालिकाकाको लागि चैतफी विकास गर्ने थलो र वाल मैत्री नगरको महत्वपूण सूचक समेत भएको ले यसलाई स्थानिय सरकारले विशेष प्राथमिता दिने प्रतिवद्धता व्यक्त गरेका थिए । केन्द्रको प्रभावकारी संचालनान शिक्षकको महत्वपूर्ण भूमिका रहने र केन्द्रको शिक्षिकाहरुको तालिम सँगै केन्द्रको व्यवस्थापन पनि प्रभावकारी हुनु पर्ने कुरालाई जोड दिदै धरानमा संचालित सवै केन्द्रहरुको स्थलगत अवलोकन र अध्ययन गरी केन्द्रगत रुपमा योजना बनाईकाम गर्ने कुरा धरान उपमहानगरपालिकाकी सामाजिक विकास अधिकृत प्रज्ञा निरौलाले वताए ।

तालिम कार्यक्रमको समापनमा बोल्दै धरान उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक एवं १३ नं वडाका अध्यक्ष नेत्र काफ्लेले धरानलाई केही समय भित्र बालमैत्री नगर बनाउन आफुहरु लागिरहेको बताए । बाल विकास नै मानव विकासको जग भएकोले विकासको महत्वपूर्ण आयमको रुपमा रहेको बाल विकास केन्द्रलाई विशेष जोड दिई विभिन्न कार्यक्रमहरुका लागि आवश्यक वजेट समेत तर्जुमा गर्ने प्रतिवद्धता व्यक्त गरे । हाल बाल विकास केन्द्रका शिक्षककाहरुले पाउदै आएको मासिक तलव रु ६ हजार पारिश्रमिक अत्यन्तै थोरै भएकोले आगामी वर्ष उपमहानगरपालिकाले वढाउने तयारी गरिरहेको समेत काफ्लेले वताए ।