पथरी:पुर्वी मोरङ्गका पत्रकारहरुले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकको विरोधमा शुक्रबार र्याली निकालेका छन् ।

नेपाल पत्रकार महासंघ पुर्वी मोरङ्ग शाखाको आयोजनामा भएको विरोध ¥यालीपछिको कोणसभामा बोल्ने वक्ताहरुले पत्रकारलाई फसाउन सरकारले विधेयक ल्याएको आरोप लगाए । मोरङ्गको उर्लावारीमा शुक्रवार विहान पत्रकारले आफ्ना संचार सामाग्री सडकमै राखेर विरोध जनाएका थिए । क्यामेरा, कलम, डायरी र ल्यापटप संचारकर्मीले सडकमा राखेर विधेयकको विरोध गरेका हुन् ।

नेपाल पत्रकार महासंघको अगुवाइमा देशैभरि विरोधका कार्यक्रम भइरहेको महासंघ मोरङका सहसचिव सन्तोष राई बताउँछन् । सो कार्यक्रममा वोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय पार्सद अर्जुन जम्नेली राईले संचारकर्मीलाई बोल्न र लेख्न प्रतिवन्द गराउन सरकार लागेको आरोप लगाए ।

पत्रकारीताको पुरानो इतिहासमा पनि यस्तो खालकोे नियम नभएको भन्दै यसले निरकुशता थपेको सन्चार क्लव मोरङ्गका सस्थापक अध्यक्ष दुर्गा प्रसाद खतिवडाको आरोप थियो । वुधवार पत्रकारहरुले नेपाल सरकारका कानुन मन्त्री भानुभक्त ढकाललाई सामुहिक एसएमएससमेत गरेका थिए । पत्रकारलाई समाचार लेखेको आरोपमा २५ हजार देखी १० लाखसम्म जरिवानाको व्यवस्था भएको विधेयक सरकारले संसदमा दर्ता भएको छ ।