धरान : धरान १६ स्थित जेनिथ सेकेण्डरी स्कुलमा अमेरिका, व्यानडा, जर्मनी , स्वीजरल्याण्ड र फिलिपिन्सबाट आएका ११ जना स्वयसेवकहरुले गएको सोमबारदेखि दुई हप्तासम्म कक्षा नर्सरी देखि १० सम्म विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएका छन् ।

कक्षामा विभिन्न आफनो सस्कृति एव रितीरिवाज आदान प्रदान, आफना देशको परिचय, आआफना देशको वास्तविक डलर र यसको नेपाली मुल्य, शैक्षिक प्रणाली, अग्रेजीमा बोल्ने कला, र्याम्स कला, पेपरक्राफट, रोमाञ्चाक खेल, अनुशासनको महत्व सम्बन्धि प्रवचन र अग्रेजी फोनिक्स आदी इत्यादी सम्बन्धि कक्षाहरु सहजिकरण गर्दै आएको स्कुलका प्रिन्सिपल सुमन जवेगूले बताए ।
विद्यालयलाई ग्लोबल भिलेज बनाउन शैक्षिक शत्र भरि नै विभिन्न विकसीत देशबाट स्वयसेवक आमन्त्रन गराएर शिक्षक एव विद्यार्थीहरुलाई साक्षात्कार गरिने बताए । भविष्यमा उच्च शिक्षा अध्ययनको लागि आफना देशहरुमा भएका युनिभर्सीटिमा जेनिथबाट जान चाहेमा आवश्यक सहयोग र परामर्श गर्ने समेत बताए । जसको लागि इमेल ठेगाना आदान प्रदान भएको जवेगूले बताए ।