धरान : धरान उपमहानगरपालिका वार्ड नंं.१६ को आयोजनामा १ दिने बाल भित्ते पत्रिका तालिम सम्पन्न भएको छ ।

शनिबार सम्पन्न तालिममा वडामा रहेका सम्पूर्ण सामुदायिक तथा निजि विद्यालयका विद्यार्थी तथा शिक्षक प्रतिनिधि गरी ५० जनाको सहभागिता रहेको थियो । धरानलाई बाल मैत्री नगर घोषणा गर्ने क्रममा विद्यलय र बालबालिकाको महत्वपूर्ण भूमिका रहने भएकोले उनिहरुलाई सशक्तिकरण गर्न यस तालिमको आयोजना गरिएको वडाध्यक्ष दिलकुमार गिरीले बताए । तालिममा बाल भित्ते पत्रिका निर्माण गर्ने तरिका, समाचार लेखन, खोज पत्रकारिता साथै समाचार र पत्रकारिताको विषयमा प्रशिक्षक मोहन श्रेष्ठले सहजिकरण गर्नु भएको थियो ।