धरान : भोजपुरमा मंगलबार प्रहरीको गोली लागेर घाइते भएका नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएको छ ।

टेम्केमैयुङ्ग गाउँपालिका-२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जंगलमा मंगलबार दिउँसो प्रहरीको गोली लागेर घाइते उनको उपचारको क्रममा बीपी स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानमा बुधबार मृत्यु भएको भोजपुरका प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन् ।

घिमिरेको तिघ्रामा गोली लागेको र उपचार गर्न समयमा अस्पताल र्पुयाउन नसक्दा अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको जनाइएको छ । प्रहरीले मुठभेडका क्रममा गोली लागेर घिमिरे घाइते भएको दाबी गरेको छ । तर, विप्लव समूह सगरमाथा ब्युरोका नेता शैलेशले प्रहरीसँग कुनै मुठभेड नभएको बताए। आफ्ना कार्यकर्तालाई नियन्त्रणमा लिएर प्रहरीले हत्या गरेको उनको आरोप छ।