धरान: धरान उपमहानगरपालिका १२ नम्बर वडा पनि बालमैत्री वडा घोषित भएको छ ।

शुक्रबार वडाको पब्लिक माविको प्राङगणमा आयोजित भब्य समारोहबीच प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले वडालाई बालमैत्री वडा भएको घोषणा गरेका हुन् । वालमैत्री वडा घोषणा समारोहलाई सम्बोधन गर्दै सभामुख भण्डारीले बालबालिकाहरु भोली विभिन्न क्षेत्रमा क्रियाशिल रहदै मुलुकको नेतृत्व गर्ने शक्ति भएको उल्लेख गर्दै उनीहरुको उज्वल भविष्य नै देशको विकास र समृद्धि भएको बताए ।

यसअघि धरान–१३, १४, २० र १९ वालमैत्री वडा घोषित भइसकेका छन् । पाँचौ वडाको रुपमा वालमैत्री घोषित भएको १२ नम्बर वडाले वाल अधिकारका चार क्षेत्र बाल बचाउ, बाल संरक्षण, बाल विकास र अर्थपूर्ण बाल सहभागीता गरी ३९ वटा सुचकहरु पूरा गरेको वडाध्यक्ष टंक राईले बताए । उनका अनुसार बामैत्री स्थानीय शासनका ३९ वटा सुचक मध्ये ३२ वटा सुचकमा शत प्रतिशत र बाँकी ६ वटा सुचकमा ९० प्रतिशत भन्दामाथी नतिजा प्राप्त गरेको छ । वडालाई बालमैत्री घोषणा पश्च्यात यसको निरन्तरता र दिगोपनको लागि पञ्चवर्षिय रणनीतिक योजना तयार पारिएको र अक्षरस पालना गदै जाने उनले प्रतिबद्धता जनाए ।

S8640036

यसैगरी, नगर बालक्लवकी अध्यक्ष अप्सरा खत्रीले बालमैत्री वडा घोषित भएकोमा खुशी व्याक्त गदै धन्यवाद दिइन् । यसैगरी, घोषणा हुँन बाँकी वडा बनाएर नगरलाई बालमैत्री नगर बनाउन सहयोग गर्न आग्रह गरिन् । अधिकार पाएपछि कर्तब्य पनि भुल्न नहुने भन्दै सचेत गराइन् । कार्यक्रममा कार्यबाहक मेयर मञ्जु भण्डारी सुबेदीले बालमैत्री बनाउनको लागि घरपरिवारबाट शुरुवात गर्नुपर्ने बताइन् ।

सुनाखरी एकेडेमीका विद्यार्थीहरुले हिंसाको विषयमा नाटक मञ्चन गरेका थिए । नाटक हेर्ने सबै भाबुक बनेका थिए भने कत्तिको आँखा रसायो । नाटकमा आफ्नी काकीले त्यो सानो बच्चीमाथी गरेको नराम्रो व्याबहारले सबैको मन रोयो । बालमैत्री वडा घोषणा गर्नको लागि भुमिका खेल्ने वडाका टोलविकास संस्थादेखि सबै संघसंस्थाहरुलाई प्रशंसापत्र प्रदान गरियो । औपचारिक कार्यक्रम शुरु हुनुपूर्व नौमति बाजासहित वडाको बाल क्लव, विद्यालय, बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थालगायतले ¥याली समेत निकालिएका थिए ।