उदयपुर: नेपाली सेनाको उदयपुरस्थित कालिसिद्धी गणका प्रमुख तथा प्रमुख सेनानी(लेफ्टिनेन्ट कर्णेल) केशवराज कार्की कारबाहीमा परेका छन् ।

उनलाई भ्रष्टचारको अभियोग लागेका कार्कीलाई पुष्टि भएपछि नेपाली सेनाले बर्खास्त गरेको हो । उनलाई गण र राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रमको बजेटमा भ्रष्टचारको आरोप थियो । आरोपमाथि छानबिन गर्दा पुष्टि भएपछि उनलाई सैनिक अदालतले कारबाही गरेको हो । समरी जनरल सैनिक अदालतले कार्कीलाई भविष्यमा अयोग्य नठहरिने गरी तीन महिनाको कैद र बिगोसहित फैसला गरेको हो ।

सहायक रथी हिमांशु खड्काको अध्यक्षतामा रहेको अदालतले कार्कीविरुद्ध यस्तो आदेश दिएको हो । कार्कीले ३५ दिन भित्र पुनरावेदन अदालत जानसक्ने कानुनी बाटो रहेको छ । अदालतले राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम र गणको गरी कूल ४९ लाख २९ हजार ८ सय ८९ रुपैयाँ हिनामिना गरेको ठहर गरेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिएका छन् ।