धरान: सञ्चार क्षेत्रको एकीकृत र संगठित विकासका लागि धरानमा रहेका सञ्चार गृहहरु संगठित भएका छन् । धरानमा सञ्चालित छापा माध्यमका सञ्चालकहरुको भेलाले सञ्चार गृह संघ,नेपाल धरान सुनसरी गठन गरेको छ ।

औजार प्रकाशन सहकारीका संस्थाका अध्यक्ष मोतिराज सुनुवारको अध्यक्षतामा समिति गठन गरिएको छ । समितिको सह–संयोजकमा पिपुल्स मिडिया सर्भिस नेपाल प्रालिद्धारा प्रकाशित मर्निङ टाइम्स दैनिकका प्रवन्ध निर्देशक सागर भट्टराई र सचिवमा फास्ट मिडियाका केशव घिमिरे चयन भएका छन । त्यसैगरी समितिको सदस्यमा कोशी मिडिया प्रालिका अध्यक्ष शंकर घिमिरे, धरान साप्ताहिकका प्रकाशक/सम्पादक मणिराज भट्टराई, महाप्रतिवाद साप्ताहिकका प्रकाशक/सम्पादक तारा लामगादे, दिव्य रोशनी साप्ताहिककी प्रकाशक/सम्पादक मनिता चाम्लिङ,विजयपुर साप्ताहिककी प्रकाशक/सम्पादक गंगा पौडेल र हाम्रो कोशी आवाज साप्ताहिकका प्रकाशक शेखर जोगी रहेका छन् ।

संघले सञ्चार क्षेत्रको व्यवसायिक विकासमा भौतिक पूर्वाधार र दक्षताको महत्वपूर्ण योगदान हुने हुनाले सो बिषयमा विभिन्न सरोकारवालाहरुसंग पहल गर्ने भएको छ । स्थानीय र प्रदेश सरकारलाई सञ्चार क्षेत्रको विकासमा सहयोग गर्नका लागि दवाव दिने कार्यक्रम पनि रहेको संघले जनाएको छ ।संघले सबै स्थानीय सञ्चार माध्यमहरुलाई समेट्दै जाने लक्ष राखेको जानकारी दिएको छ ।