धरान: प्रदेश १ का प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइरालाले स्थायी राजधानीको विषयमा बृहत विराटक्षेत्र भित्र धरान परेकोले राजधानीमा समेटिने बताएका छन् ।

शनिबार धरानको भानुचोकमा आयोजित बृहत साकेला शिली प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता कोइरालाले राजधानीमा धरान छुट्यो भनेर चिन्ता नलिन धरानबासीलाई आग्रह गरे । ‘राजधानीमा धरान परेन भनेर चिन्ता नगर्नुस्,’उनले भने,‘बृहत विराट क्षेत्रमा धरान पनि पर्छ,त्यसलाई राजधानी मानिएको छ ।’ प्रदेश सरकारको संरचना बृहत विराटक्षेत्र भित्र रहने भएकोले यसमा धरान समेटिनेमा ढुक्क रहन पटक–पटक आश्वास्त तुल्याउदै उनले भने,‘राजधानीमा धरान पर्छ, तपाईहरु खिन्न नहुनुस् ।’ उनले किरात संस्कृति र सम्भयताको पछाडी कांग्रेसले कहिल्यै धोका नदिने समेत बताए ।

S8660046

राजधानीको विषय टुङगो लागेपनि नामाकरणको विषय अझै टुङगो लगाउन नसक्नु सरकारको कमजोरी रहेको टिप्पणी गरे । केन्द्र सरकार र सातै वटा प्रदेशमा कांग्रेस प्रतिपक्षिको भुमिकामा रहेको उल्लेख गदै उनले प्रदेश सरकारले नाम प्रस्ताब गरेपछि कांग्रेसले धारणा सार्बजनिक गर्ने बताए । ‘प्रदेश सरकारले कोशी किरात, किरात सगरमाथा राख्ने आट गर्छ भने कांग्रेसले के गर्छ, त्यति बेला हेर्नुस्,’उनले भने,‘यो पवित्र चाडमा म यो फेटा लाएर भन्छु, त्यसमा कांग्रेस कहिल्यै पछि पदैन्, आदीबासीलाई धोका दिदैन ।’ आदिबासी जनजातिले उठाएको मुद्दामा कांग्रेसले साथ दिदै आएको स्मरण गदै यसमा कांग्रेसको साथ रहिरहने प्रतिबद्धता जनाए ।