धरान: किरात याक्थुङ चुम्लुङ हिमधरानमा निर्माण भएको स्वार्गीय देउ बहादुुर कन्दङवा लिम्बु स्मृति ट्रस्ट भवनको शनिबार उद्घाटन भएको छ ।

किरात याक्थुङ चुम्लुङका केन्द्रिय अध्यक्ष योगराज वनेमले ट्रस्ट भवनको प्राङगण मै निर्मित स्वार्गिय कन्दङवाको शालिक अनावरण गर्दै ट्रस्ट भवनको उद्घाटन गरेकय थिए । स्वार्गिय कन्दङवाको श्रीमति नन्द कुमारी निङलेकु कन्दङवाले लिम्बुहरुको साझा सँस्था धरान १५ स्थित किरात याक्थुङ चुम्लुङ हिम परिसरको दक्षिण क्षेत्र र मञ्चको उत्तर क्षेत्रमा अवस्थित खाली जग्गामा स्वार्गिय श्रीमान कन्दङवाको स्मृतिमा ट्रस्ट भवन निर्माण गरि दिएकी थिइन् । करिव ३६ लाख ५० हजार बराबरमा ट्रस्ट निर्माण र ३ लाख ५० हजार बराबरमा स्वार्गिय कन्दङवाको शालिक निर्माण गरी कुल ४० लाख लागतमा भवन निर्माण भएको हो ।

२००३ साल जेठ ११ गते तेह्रथुम जिल्लाको सक्रान्तीमा जन्मिएका स्वार्गिय देउ बहादुुर कन्दङवा १६ वर्ष ब्रिटिस आर्मीमा जिवन बिताएका थिए । ब्रिटिस आर्मीबाट रिटायर भए पश्चात कन्दङवा धरान १९ स्थित चौकिवारीमा बसोवास गर्दै आएका थिए । धरान रहँदा कन्दङवा कल्याणकारी समाजको सुनसरी अध्यक्षको जिम्मेवारी सम्हालेका उनले अन्य विभिन्न सामाजिक संघसंस्थामा पनि आवद्ध भई सकृय समाजसेवामा लागेका थिए । समाजिक कार्यमा सकृय रहदाँ रहँदै कन्दङवा २०७३ साल साउन २६ गतेस्वार्गरोहण भएका थिए । तिनै स्वार्गिय देउ बहादुुर कन्दङवालाई सधै स्मृतिमा र अमर राख्नका लागी महान हृदयका धनी उहाँकी श्रीमती नन्द कुमारी निङलेकुकन्दङवाले यो भवन निर्माण गरि दिएका हुन ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका चुम्लुङका केन्द्रिय अध्यक्ष योगराज वनेमले अब चुम्लुङले पहिचान, सामाजिक र साँस्कृतिक पक्षलाई मात्र नजोडेर राजनितिलाई पनि जोडेर अघि बढ्ने बताएका छन । हाल चर्चामा रहेको प्रदेश नं १ को नामको विषयलाई जोड्दै संविधान संशोधन नभएसम्म र १० प्लस १ को राज्य व्यवस्था नभएसम्मका लागी पहिचान सहितको “किरात लिम्बुवान” राज्य राख्नुपर्नेमा जोड दिए । लिम्बुवानको मुद्दा चुम्लुङले सधै उठाई रहने प्रतिबद्दता समेत जनाए । हाल याक्थुङ समुदाय विचमा धर्मको विषय पेचिलो बन्दै सतहमा आएको प्रसङगलाई जोड्दै यसबाट कसै पनि त्रसित नहुन आग्रह गर्दै यसलाई चुम्लुङले समन्वय गरेर अघि बढ्ने बताएका छन । सोही प्रसङगलाई जोड्दै २०४९ सालमा नै चुम्लुङले धर्म किरात लेख्ने निर्णय गरिसकेको पनि स्मरण गराएका थिए ।

कार्यक्रमका सभाअध्यक्ष तथा स्वार्गिय देउ बहादुुर कन्दङवा लिम्बु स्मृति ट्रस्ट भवन निर्माण समितिका सम्योजक समेत रहेका किरात याक्थुङ चुम्लुङ धरानका अध्यक्ष सुवास हुक्पाचोङवाङलेयो भवर्न िर्माणसँगै धरान चुम्लुङले विभिन्न कार्यक्रमका लागी आवस्यक रकम अब घरघरमा गएर आर्थिक संकलन गर्ने समय लगभग समाप्त हुने विचार राखेका छन । अब धरानमा आयोजना हुने ठुला कार्यक्रमहरु पनि यस चुम्लुङ हिममा सहजताका साथ आयोजना गर्न सकिने बताउदै यसले आर्थिक रुपमा सघाउ पुर्याउने विस्वास व्याक्त गरेका छन । यस भवन निर्माण गर्ने सम्पुर्ण कन्दङवा परिवार प्रति आभार तथा धन्यावाद समेत दिए । कार्यक्रममा स्वार्गिय कन्दङवाको श्रीमती नन्द कुमारी निङलेकु कन्दङवालाई चुम्लुङको तर्फबाट अभिनन्दन पत्रले सम्मान गरिएको थियो भने माइला भाइ दल बहादुरकन्दङवा र कान्छा भाई डिल्ली कन्दङवालाई पनि सम्मानपत्रले सम्मान गरिएको थियो ।