इनरुवा : सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर १ मा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

हरिनगर गाउँपालिका वडा नम्बर १ को आर्थिक सहयोग र हिमाल वेल्फेयर सोसाइटी नेपाल हरिनगर १ रामनगर भुटाहा सुनसरीको आयोजनामा शनिबार सम्पन्न भएको हो ।

माध्यमिक स्तरीय कक्षा ८ देखि १० सम्म विद्यार्थीहरु हाजिरीजवाफ प्रतियोगितामा सहभागिता जनाएको थियो । हरिनगर १ नम्बर वडा कार्यालय अन्तरगत रहेको समुदायक बिधालयका बाल कृष्ण माध्यमिक ,चपडाही आधारभूत लगायत अरु बिधालयका विद्यार्थीहरुको सहभागी भएको थियो ।

माध्यमिक स्तरीय हाजिरी जवाफ प्रतियोगितामा २४ जना विद्यार्थीहरुको सहभागिता रहेको आयोजक संस्थाका उपाध्यक्ष मोलाना असलम नदवीले बताए ।
हाजिरी जवाफ प्रतियोगिता जम्मा ३२ वटा प्रश्नहरु सोधिएको थियो । प्रतियोगिता ए ,बि ,सि ,गरि चारवटा समुह विभाजनगरि गरिएको थियो ।माध्यमिक स्तरीय हाजिरी जवाफ प्रतियोगिता सबै भन्दा बढी १३ आंक लियाएर बाल कृष्ण माद्यामिक बिधालयले प्रथम स्थान प्राप्त गरेको थिए ।प्रथम स्थान प्राप्त गरेको बाल कृष्ण माध्यमिक बिधालयका विद्यार्थीहरुलाई स्कुल ब्याग (थैला ) पुरस्कर प्रदान गरिए आयोजक संस्थाका सचिव इर्शाद अन्सारीले जनाए ।

सो हाजिरी जवाफ प्रतियोगितामा हरिनगर गाउँपालिका वडा नम्बर १ वडा अध्यक्ष अब्दुल लतिफ अन्सारी, वडा सदस्य रिनोद बहरदार, रवीन्द्र प्रसाद गुप्ता, महिला वडा सदस्य रामवती देवि दास, बाल कृष्ण माद्यामिक बिधालय प्र. अ . नरेश प्रसाद गुप्ता, शिक्षक नजान अन्सारी, नेपाल बहुमुखी संस्था अध्यक्ष मोजेबुरहमान अन्सारी, आयोजक संस्थाका सदस्यहरु, समाजसेवी हाजी हमिद अन्सारी लगायतको उपस्थिति रहेको थियो । माध्यमिक हाजिरी जवाफ प्रतियोगिता हिमाल वेल्फेयर सोसाइटी नेपालका अध्यक्ष फैजान अन्सारीको अध्यक्षता मा सम्पन्न भएको थियो ।