इटहरी: पत्रकारमाथि दुव्र्यवहार गर्ने इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

घटनाबारे पत्रकार महासंघ सुनसरीले ४८ घण्टे अल्टिमेटम दिएको भोलिपल्ट मेयर चौधरीले विज्ञप्ती जारी गर्दै दुःख व्यक्त गरे । उनको विज्ञप्तीमा माफी वा क्षमा मागेको शब्दावली भने उल्लेख छैन । उनले विज्ञप्तीमा कुराकानीको क्रममा पत्रकार मित्रहरुको भावनामा चोट पुग्ने गएको भन्दै दुःख व्यक्त गरेका छन् । यद्यपी मेयर चौधरीले यो घटनाले आगामी दिनमा सबैलाई थप परिमार्जित र परिस्कृत हुदै जाने कुरामा सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् । विज्ञप्तीमा भनिएको छ,'तनावपुर्ण परिस्थितिमा कुराकानीका क्रममा पत्रकार मित्रहरुको भावनामा चोट पुग्न गएको चोट प्रति दुःख व्यक्त गर्दछु । मेरो पत्रकार मित्रहरुको भावनामा चोट पुर्याउने कुनै मनसाय छैन र रहने पनि छैन । यस घटनाले आगामी दिनमा हामी सबैलाई थप परिमार्जित र परिस्कृत हुँदै जाने कुरामा सहयोग पुर्याउने छ भन्ने विश्वास व्यक्त गर्दछु ।'

राज्यको चौथो अंग प्रेसप्रति भने उनले 'सम्मान व्यक्त गर्न चाहन्छु'भन्ने विज्ञप्तीमा उल्लेख गर्दै उपमहानगर भ्रष्टचार निर्मुल पार्ने अभियानमा भएकोले सबैबाट सहयोग र समर्थनको लागि आह्वान पनि गरेका छन् । उनले हातमा हात साथमा साथ मिलाउदै सम्बृद्ध इटहरी बनाउने अभियानमा अघि बढ्न आग्रह गरेका छन् । मेयर चौधरीको प्रेस विज्ञप्तीबारे पत्रकार महासंघको आधिकारिक धारणा आइसकेको छैन । 

जेठ ८ गते इटहरीका मेयर चौधरीले कर्मचारीलाई कुटपिट गरेको बिषयमा प्रतिक्रिया लिदा पत्रकारद्धय विकल रेग्मी र कृष्ण बहाव भट्टराईलाई दुव्र्यवहार गरेका थिए । घटनापछि चर्को आलोचना हुन थालेपछि उपमेयर लक्ष्मी गौतमले माफी गरेकी थिइन् । तर, दुव्र्यवहार गर्ने मेयर चौधरीले घटनाप्रति माफी नमागी लात्ताले हान्ने जस्ता अराजक प्रतिक्रिया मिडियामा दिएपछि महासंघले ४८ घण्टे अल्टिमेट थिएको थियो । मेयर चौधरीले कर्मचारी राम खड्कालाई उपमहानगरपालिका परिसरबाट गलत्याएर निकालेका थिए भने सोही दिन इटहरी १९ का वडासचिव मनोज दाहाललाई कार्यालयमै बोलाएर कुटपिट गरेको आरोप थियो । घटनापछि मेयर चौधरीविरुद्ध कर्मचारीहरु आन्दोलनमा उत्रिएका थिए ।

prees