धरान: नेत्रबिक्रम चन्द विप्लवले बन्द आह्वान गरेको दिन आज बिहानै मोरङको दुई स्थानमा शंकास्पद बस्तु फेला परेको छ ।

मोरङको सुन्दरहरैचा नगरपालिका ७ गछियास्थित पुर्वपश्चिम राजमार्गमा पर्ने ठडिया टोल र बुढीगंगा गाउँपालिका १ स्थित कोशी राजमार्गमा शंकास्पद वस्तु फेला परेको हो । ती मध्ये नेपाली सेनाको विशेषज्ञ टोलीले ठडियामा भएको शंकास्पद वस्तुलाई डिस्पोज गरिसकेको मोरङ प्रहरीका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । उनका अनुसार ठडियामा भएको शंकास्पद वस्तु प्रेसर कुकर बम भएको अनुमान गरिएको छ ।

यस्तै, बुढीगंगा गाउँपालिकामा राखिएको शंकास्पद वस्तु भएको ठाउँमा पनि सेनाको टोली पुगिसकेको छ । 'बुढीगंगामा पनि सेनाको टोली घटनास्थलमा पुगिसकेको छ, त्यहाँ भएको शंकास्पद वस्तु के हो भन्ने थाह भइसकेको छैन,': डिएसपी श्रेष्ठले भने ।

तस्बिर स्रोत: गुगल