धरान: नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाको बन्द आह्वानले सधै भिडभाड रहने धरानको भानुचोक सोमबार भने सुनसान रह्यो । टेम्पो, सिटी सफारी र मोटरसाइकलहरु सामान्य चलेका थिए । तर, त्यहाँ केही समूहलाई भने भ्याइ नभ्याइ थियो ।

एक समूह भानुचोक आसपासका सडकमा जेब्राक्रसिङ बनाउन ब्यस्त थियो । अर्को समुह भानुचोकको रहेको झ्याम्म परेको बरको हाँगा काट्न ब्यस्त थिए । अरुबेला सवारीसाधन र मानिसको घुइचोले असहज हुने कारण आज बन्दको सदुपयोग राम्रैसँग गरेको देखियो । हुन त बन्दले बजार, लामो दुरीको सवारी ठप्प हुदा आम सर्वसाधारणहरुले सास्ती भोगेका थिए । तथापी, यो बन्दलाई जनहितमा उपयोग पनि गरिएको देखियो ।

S8700008

धरान उपमहानगरपालिकाको विजुलीको पोलमा बत्ति जडान गर्न प्रयोग गरिने गाडी र नगर प्रहरीको सहयोगमा भानुचोकमा रहेको वरको हाँगा काटियो । बेला बेलामा बरको हाँगा झरेर सवारी सानधमा क्षति पु¥याउने र यात्रुलाई पनि घाइते बनाउने गर्छ । पैदल यात्रुमाथि सुकेको हाँगा खसेर घाइते बनाउने खतरा भएकोले आज बन्दको मौका पारेर सुकेको र वरीपरीका वरको हाँगा काटिएको हो । हाँगाले ठुला सवारीलाई आवतजावतमा समस्या देखिएको र अन्य बेला मानिस,सवारीको चाँपले काट्न समस्या हुने भएकोले बन्दको समयलाई सदुपयोग गरिएको धरान वडा नं २ का सदस्य धर्म तामाङले बताए । ‘वरको हाँगाले ठुला सवारी साधनलाई डिस्टर्ब गर्ने र सुकेको हाँगा झरेर सवारी साधन र यात्रुलाई पनि लाग्छ,’वडासदस्य तामाङले भने,‘अरुबेला सवारी र यात्रुको भिड हुन्छ, यो काम गर्न सहज छैन, जे होस् आज बन्दको सदुपयोग गरियो ।’

jebra-cross

हावाहुरी चलेको समयमा वरको झ्याङ आसपास झनै खतरा निम्त्याउने उनले बताए । वडा कार्यालय र धरान उपमहानगरको सहयोगमा वरको हाँगा हटाउने काम गरिएको हो । यसैगरि, आज भानुचोक क्षेत्रमा सुनसरी यातायात प्रालिको पहलमा पनि जेब्राक्रस निर्माण गरिएको थियो । यसअघि बनाइएको जेब्रक्रस मेटिइसकेको कारण पैदल यात्रुलाई बाटो काट्न धेरै असहज हुने भएकोले नयाँ बनाइएको प्रालिको भनाई छ । अन्य समय सवारी साधन निरन्तर गुडिरहने भएकोले बनाउन सम्भव हुदैन । आज विप्लव नेतृत्वको नेकपाको बन्द आह्वानले सडकमा अरु बेला जस्तो सवारीको चाप नभएकोले जेब्राक्रस बनाउन सहज भएको थियो ।

S8700004 va1-2