इटहरी: इटहरी उपमहानगरपालिका १२ स्थित खनारमा पनि बम भेटिएको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज देशैभर बन्दको आह्वान गरेसँगै पूर्वका विभिन्न स्थानमा बम भेटिने क्रम जारी छ ।

आज विहान मात्रै तरहरामा रहेको चारकोशे झाडीमा आईडि बम भेटिएको थियो । उक्त बम नेपाली सेनाको टोलीले विहान नै निष्क्रिय पारिसकेको छ भने खनारमा पनि नेपाली सेनाको टोलीले बम डिष्पोज गर्ने प्रयास गरिराखेको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक समीरचन्द्र खरेलका अनुसार इटहरीमा सुरक्षा व्यवस्थामा कडाई गरिएको छ ।