इटहरी: सोमबार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दको प्रभाव न्युन देखियो, तर देशका विभिन्न ठाउँमा शंकास्पद वस्तु र बम फेला पर्दा भने जनजीवन निक्कै त्रसित बन्न पुग्यो ।

बन्द आह्वानको अघिल्लो दिन आइतबार नै राजधानीमा सिलिण्डर बम बिष्फोटमा परेर विप्लवकै कार्यकर्ताको ज्यान गएको थियो भने थुप्रै प्रेसर कुकर बमसहित नेकपाका कार्यकर्ता पक्राउ परेको थियो । अघिल्लो दिन राजधानीमै भएको घटनाले पनि सोमबार मुलुकभर अशान्त मच्चिएला भन्ने आशंका व्यप्त थियो भने बन्दको प्रभाव पुर्णरुपमा होला भन्ने थियो । तर, त्यसअनुमान विपरीत सामेबार पुर्वमा बन्दको प्रभाव पारेन । छोटोदुरीको र साना सवारीहरु निर्वाध चलेका थिए । तर, शंकास्पद बस्तु थुप्रै स्थानमा भेटिदा जनजीवन भने केही त्रसित हुनपुगेको थियो ।

banda

ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) समीरचन्द्र खरेलका अनुसार सोमबार बिहानै इटहरी धरान सडक खण्डअन्र्तगतको चारकोशे झाडीमा बम भेटियो । लामो समय लगाएर नेपाली सेनाको टोलीले बम डिष्पोज गर्यो । उक्त बम मोबाईलमा टाईमर नै सेट गरेर राखिएको थियो । सुरक्षा निकायले सोमबार राजमार्गमा कडाई गरेको थियो । यद्यपी, शंकास्पद वस्तु र बम राजमार्ग क्षेत्रमा नै भेटिएको थियो ।

ईलाका प्रहरी कार्यालय इटहरीका प्रमुख खरेलका अनुसार इटहरीको खनारमा पनि शंकास्पद बस्तु भेटिए पनि त्यो टेप डल्लो पारेर मात्र राखिएको थियो । ‘टेपलाई गोलो पारेर त्रसित बनाउनमा मात्र राखिएको थियो । हामीले पानीमा त्यो डल्लो धेरैबेर राखेपछि टेप गोलो पारेको पुष्टि भयो,’उनले भने । सोमबार नै मोरङको २ स्थानमा, झापाको रतुवा माई पुल र गौरादहमा पनि बम फेला परेको थियो ।