धरान : धरानमा केही दिन अगाडि न्युट्रिशियन काउन्सिलिङ एण्ड रिसर्च प्रालिद्वारा मधुमेह र मोटोपना सम्बन्धि एक दिने कार्यशाला कार्यक्रम गरेको थियो उक्त कार्यक्रममा मधुमेह र रक्तचाप विमारीहरुको सहभागी रहेको थियो ।

उक्त जनचेतना मुलक एकदिने कार्यक्रमका दुई प्रस्तोतामा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल विभागका चिकित्सक प्रो. रविन मास्केले शारीरिक व्यायाम र सन्तुलित खानपिनको अभावका कारण अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मधुमेहका विरामीहरु उपचारका लागि धेरै आउने गरेको बताउँदै उनले उपचारमा आउने विरामीमध्ये धेरै जसो मधुमेहकै हुने गरेको बताए । यसैगरी प्रा.लि.ले चिकित्सक र डाइटिसिएनलाई पहिलो पटक एकै ठाउमा राखेर वर्कसप राख्नाले सहभागीहरु एकदमै लाभान्वित हुने समेत बताउदै यो वर्कसपले मधुमेह रोग लागेकालाई र नलागेका दुवैलाई कस्तो खानपिन र जीवनशैलीले रोगबाट बच्न सकिन्छ भन्ने कुरा जानकारी हुने बताए ।
सो कार्यक्रममा सहभागीहरुले समेत यस्ता खालका कार्यक्रम प्रभावकारी हुने बताएका थिए । उनीहरुले आफूहरुले यसबाट धेरै कुरा सिक्न पाएको बताएका छन् । धरानमा लामो समयदेखि फिजिकल फिटनेश सञ्चालन गर्दै आएका कविर भगत प्रधानाङ्गले शारीरिक व्यायामकै कारण आफू फिट भएको र शारीरिक व्ययाम सँगसँगै हामीले खानपिनमा पनि ध्यान दिनुको साथै
मधुमेहबाट बच्ने उपायका विषयमा जानकारी पाएकोमा खुशी व्यक्त गर्दै यस्तो कार्यक्रम सम्बन्धित निकायहरुले बेलाबेलामा गराई राख्नु पर्ने भन्दै आयोजकलाई धन्यवाद समेत दिए ।

यस्तै विगतदेखि नै मधुमेहबाट ग्रसित बन्नु भएका धरान वडा नम्बर ९ का रामस्वरुप शर्माले यस न्युट्रिशियन काउन्सिलिङले केही महिना अगाडि उनिहरुकै धरान ८ स्थित अफिसमा मलाई चेकजाँच गरेर मधुमेह सम्बन्धि सल्लाह दिएको थियो । त्यो सल्लाह र सुझावको कारण मेरो सुगर ५० प्रतिशत नियन्त्रणमा आयो अझ आज यो कार्यक्रममा सहभागी हुन पाएर थप कुरा सिक्न पाएको बताउदै यहा सिकेका कुरालाई व्यवहारमा उतार्ने समेत उनले बताए ।

विगतदेखि नै मधुमेह, उच्च रक्तचापका विषयमा विभिन्न ठाउमा गएर सचेतना कार्यक्रम गर्दै आएको न्युट्रेशन काउन्सिलिङ एण्ड रिसर्च प्रा.लि.का कार्यकारी निर्देशक प्रवीण भट्टराईले पोषण विज्ञान अध्यन गरिसकेपछि काठमाडौ देखि बाहिर पहिलो यो संस्था खोलेर यस्ता सचेतना कार्यक्रमको आयोजना गर्दै आएको बताए । उनले यस्ता कार्यक्रमले सर्वसाधारणलाई स्वस्थ रहन ठूलो सहयोग पुग्ने बताए ।

धरान ९ रत्न इन होटलमा भएको कार्यक्रममा मधुमेहलाई नियन्त्रणमा राखेवापत धरानका शान्तिराम काफ्ले, रामस्वरुप शर्मा, धरान १६ निवासी किशोर अधिकारी र शरीरलाई तन्दुस्त राखेको भन्दै आइडल बडी वेट राम्रो भएको भन्दै.प्रवीणभगत प्रधानाङ्गलाई प्रोत्साहन स्वरुप पुरस्कृत समेत गरिएको थियो ।
प्रा.लिका अध्यक्ष कोमल गुरागाइको अध्यक्ष तथा प्रियंका पराजुलीको संयोजकत्वमा भएको कार्यक्रममा पोषण विज्ञानकी विज्ञ डा. शिल्पी विक्रमले जानकारमुलक कुराहरु बताएका थिए ।
उक्त एकदिने कार्यक्रममा सुनसरी, मोरङका डाईटिशियन पोषणविद व्यावसायिकर्मी गरेर जम्मा ३५ जनाको सहभागीता रहेको थियो। कार्यक्रम सञ्चालन न्युट्रिशियनका विधार्थि प्रज्वल दुलालले गरेका थिए। उक्त कार्यक्रमको गग प्रायोजन सिग्नुट्रा मोदी मुण्डि फर्मा प्रालि विभाग काठमाडौले गरेको थियो।
तस्बिर : एल थापा