धरान: सार्वजनिक सवारीका चालकहरुलाई लक्षित गरेर गरेर सोमबार धरानमा निःशुल्क आँखा जाँच शिविर आयोजना भएको छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, लायन्स क्लब अफ धरान विजयपुर, लायन्स क्लब अफ धरान दन्तकाली र जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीको संयुक्त आयोजनामा आँखा शिविर भएको हो । भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा आयोजित शिविरमा १७६ जनाको आँखा जाँच गरिएको आयोजक संस्थाहरुले जनाएको छ । ती मध्ये अधिकांश चालकहरु भएको संगठनका धरान उपमहानगरपालिका अध्यक्ष कमल भटराईले जानकारी दिए ।

eye-camp1

उनका अनुसार दुर्घटना न्युनीकरणको राष्ट्रिय अभियानअन्र्तगत संगठनले धरानमा शिविर आयोजना गरेको हो । चालकलाई लक्षित गरेर आयोजना गरिए पनि अन्य सर्वसाधारणहरुले पनि आँखा जाँच गराएका थिए । ती मध्ये एक जनाको मोतियाविन्दु भएकोले थप उपचारको लागि अस्पताल जान सल्लाह दिएको संगठनका अध्यक्ष भटराईले बताए । शिविरमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आँखा विभागका डा.भुवनगोविन्द श्रेष्ठ, डा.विनायक रेग्मी र डा.गणेश अग्रवालले जाँच गरेका थिए ।