कठमाण्डौँ : परीक्षा नियन्त्रण कार्यालय सानोठीमीले यस वर्ष एसईईको परक्षिाफल प्रकाशन केही पछि धकेलिने संकेत गरेको छ ।

प्रदेश २ मा प्रश्नपत्र बाहिरिएर परीक्षा पछि सञ्चालन गर्नुपरेको र कर्मचारी समायोजन प्रक्रियाले पर्याप्त कर्मचारी नहुँदा उत्तरपुस्तिका परीक्षणमा असर परेको परीक्षा नियन्त्रक विष्णु अधिकारीले बताए । ८० प्रतिशत उत्तरपुस्तिका परीक्षणको काम सकिएर केन्द्रमा आइसकेको परीक्षा नियन्त्रक अधिकारीको भनाई छ । उत्तरपुस्तिका परीक्षण कार्य सकिए लगत्तै टेबुलेसन गरेर परीक्षाफलका लागि जुट्ने उनले बताए ।

गतवर्ष असार ११ गते परीक्षाफल प्रकाशित भएको थियो । यो वर्ष दुई साता पछि धकेलिन सक्ने नियन्त्रक अधिकारीको संकेत छ । यस पटकदेखि अन्तर प्रदेश उत्तरपुस्तिका परीक्षण थालेको भएपनि परीक्षा नियन्त्रण कार्यालयले प्रदेश २ मा उत्तर पुस्तिका परीक्षणको काम भरखर मात्र सुरु गरेको हो ।

यस पटक एसईई परीक्षामा ४ लाख ७७ हजार विद्यार्थी सामेल भएका छन् ।