धरान (डेस्क) : महेन्द्र बहुमुखी क्याम्पस धरानका बीबीए संकायका विद्यार्थीहरुले आज बुधबार वातावरण दिवसको अबसर पारेर महेन्द्र बहुमुखी क्याम्पस धरानमा सरसफाई तथा फुल रोपेका छन् ।

क्याम्पस प्रशासनले २५ बोट फुलको विरुवा उपलब्ध गराएको हो भने बीबीए संकायका विद्यार्थीहरुले २० वटा फुलको विरुवा ल्याएर रोपको महेन्द्र बहुमुखी क्याम्पस धरानका स्ववियु सचिव दोर्चि शेर्पाले जानकारी दिए । उक्त कार्यक्रममा नव नियुक्त क्याम्पस प्रमुख दामोदर भण्डारीको समेत उपस्थिति रहेको थियो ।

आगामी वर्षमा पनि यस्तै राम्रा वृक्षरोपनको कार्यक्रम गर्दै जानुहोला भन्दै स्ववियु सचिव दोर्ची शेर्पाले बीबीए संकायका विद्यार्थीहरुलाई बधाई तथा धन्यवाद समेत दिएका थिए ।