धरान : डेंगुले धरानमा महामारीरुप लिएपछि जनप्रतिनिधि, सामाजिक संघसंस्था मात्र नभै विद्यालय पनि नियन्त्रणको अभियानमा छ ।

धरान १५, सयपत्री मार्गस्थित च्याम्पियन स्कूलले पनि शुक्रबार विद्यार्थीहरु र शिक्षकहरुले शुक्रबार डेंगु नियन्त्रणको लागि सचेतनामुलक र्याली निकालेका थिए । उनीहरुले हातमा डेंगु नियन्त्रणको निम्ति लेखिएको प्लेबोर्ड सहित भानुचौकमा समेत सचेतनाको आवाज पुर्याएका थिए ।

सर्तकता रहौ जीवन बचाउँ, भन्ने नाराको साथ उत्रिएको र्याली धरानको विभिन्न ठाउँ र चौकहरुमा पुगेको थियो । डेंगुले धरान आक्रान्त भएकोले जनचेतना फैलाउने अभियानमा सहभागी भएको स्कूल फाउण्डर नेत्र सुवेदीले बताए ।

तस्बिर :  लक्ष्मण थापा