धरान : ह्वाइट हाउस होटल म्यानेजमेन्ट कलेज धरानले चाईनाको सान्यामा आफ्नो इन्टर्नशिप सकेर आएका आफ्ना बिद्यार्थिहरुलाई प्रमाणपत्र बितरण कार्य सम्पन्न गरेको छ ।

होटल ब्यब्स्थापनमा डिप्लोमाको अध्ययन पुरागरी एक बर्ष सान्यामा रहेका विभिन्न फाईभ स्टार होटेलमा जम्मा २५ जना बिधार्थिहरुले आफ्नो इन्टरन्शिप सकेर आएका विद्यार्थीलाई कलेजले एक कार्यक्रम आयोजना गरी सम्मान तथा प्रमाणपत्र वितरण गरेको हो ।  कार्यक्रममा बोल्दै सम्मानित विद्यार्थी डिल्ली पोखरेलले आफ्नो सान्याको इन्टर्न्शिप एकदमै सफल रहेको र आफुले त्यहा धेरै कुरा सिकेर आएको बताए , अहिले सान्याको होटलले उनलाई रोजगारिको लागि पुन : आमन्त्रण गरिरहेको तर आफूले अहिले अमेरिकाको एक पाँच तारे होटलमा अन्तर्बार्तामा पास भई जाने तयारी रहेको बताए । अर्का विद्यार्थी सन्ध्या श्रेष्ठले मेहनत गर्नु छोड्नु हुन्न मेहनत गरेर अगाडि बढे जहा पनी सफल भईने र नया भाइ बहिनिले पनि यसरि नै मेहनत गरेर अगाडी बढनुपर्ने भन्दै आफ्नो चाईनको अनुभव पनी सुनाईन ।

white-house-news

कार्यक्रममा अन्य विद्यार्थीहरु सबैले आफ्नो चाईनाको इन्टर्नशिप एकदमै सफल भएको बताए । अब यी विद्यार्थीहरुलाई स्वदेश तथा बिदेशका विभिन्न पाचतारे होटलहरुमा रोजगारि को अवसर प्रदान गर्नको लागि आन्तरिक तयारी गर्दै गरेको कलेजका सञ्चालक अरुण प्रधानले बताए ।