काठमाण्डौ : कोरियन भाषा परीक्षामा अरुको नाममा परीक्षा दिने ४७ जनालाई प्रहरीले पक्राउ गरेको छ । ४७ जनै ललितपुर र काठमाण्डौका परीक्षा केन्द्रबाट पक्राउ परेका हुन् ।

पक्राउ परेका परीक्षार्थीले आउँदो तीन वर्षसम्म परीक्षा दिन नपाउने र प्रहरीले सार्वजनिक मुद्दा चलाउने ईपीएस कोरिया शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले जानकारी दिए ।

यस्तै शनिबार ४ हजार ३७ जना परीक्षार्थी अनुपस्थित भएका छन् । आवेदन दिनेमध्ये शनिबार ४६ हजार १ सय ९६ जना परीक्षार्थी सहभागी हुनुपर्ने थियो ।