झापा : झापाको विर्तामोडस्थित कन्काई हस्पिटलमा उपचारका लागि ल्याइएकी युवतीको मृत्युपछि हाल सो अस्पतालमा तनाव भएको छ । 

शूर्योदय नगरपालिका ९ फिक्कलबाट बर्ष २१ की देविका तामाङ्गलाई गत बुधवार एपिन्डीक्सको अप्रेशनका लागि अस्पताल भर्ना गरिएको मृतकका पिता दावा तामाङ्गले बताए । तर आज विहानसम्म डाक्टरहरुको टिमले विरामीको स्थिति सामान्य छ भनेपनि आज विहान ८ बजे एक्कासि डाक्टरले विरामीको अवस्था अलिक खराव भयो , विराटनगर लैजानु भनेको र कन्काई हस्पिटलकै एम्बुलेन्समा राखि विराटनगर नोबेल लैजादा नोवोलले विरामी मरिसकेको बताएको पिता दावाले बताए । अहिले मृतकका आफन्तले उपचारमा संग्लन डाक्टर सन्तोसकुमार मिश्रलाई कारवाहीको माग गर्दै विराटनगरबाट फिर्ता ल्याएको शवलाई अस्पतालमै राखेर प्रदर्शन गरिरहेका छन ।

हाल कन्काई हस्पिटलको अवस्था तनावग्रस्त रहेको छ भने कन्काईका सम्पूर्ण डाक्टरहरु अन्यत्र गएकाले उपचार हुन पाएको छैन । हाल कन्काई हस्पिटलमा ठुलो सख्यामा प्रहरी परिचालन गरिएको छ ।