धरान(डेस्क) : लियो डिस्ट्रीक काउन्सील ३२५ ए वान रिजन कोअर्डिनेटर लियो नवराज खड्काको तथा इटहरी, धरानमा रहेको लियो क्लबद्वारा आयोजित चौथो रिजन मिटिङ, अवार्ड वितरण, शैक्षिक सामग्री र डस्विन वितरण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

कार्यक्रम मोरङको केराबारी गाउँपालिका २ जेफालेमा सम्पन्न भएको हो । लियो क्लबले जेफालेमा रहेको पञ्चायत आधारभुत विद्यालयलाई १२ वटा डस्विन र नर्सरीदेखि कक्षा ५ सम्ममा अध्ययनरत ३७ जना विद्यार्थीलाई ३० हजार मूल्य बराबरको शैक्षिक सामग्री खेलकुद सामग्री वितरण गरिएको कार्यक्रम संयोजक बद्री कार्कीले बताए ।

2 2

ग्रामीण क्षेत्रमा रहेको विद्यालयमा विद्यार्थीहरुलाई पठनपाठनको लागी शैक्षिक सामाग्री खरिद गर्न टाडा जानुपर्ने बाध्यता भएको र केहि स्थानीयको आर्थिक स्तर कमजोर भएको कारण विद्यार्थीलाई शैक्षिक सामग्री जुटाउन ग्राहो हुने गरेको पञ्चायत विद्यालयका प्रीन्सिपल भिम ठकुरीले बताए ।  प्रीन्सीपल ठकुरीले विधालयलाई सहयोग गरेकोप्रति धन्यवाद तथा खुसी समेत व्यक्त गरे ।

केराबारी गाँउपालिका वडा नं. २ का वडाअध्यक्ष प्रेम बहदुर लिम्बुका अनुसार १ हजार ५० वटा सिडि चढेर पुगिने जेफाले टावरबाट विहानको सुर्योदय, ६ ओटा हिमाल लगायतको मनोरम दृष्य देख्न सकिन्छ । पछिल्लो समय होमस्टेका कारण पर्यटकहरुको रोजाईमा पर्न थालेको जेफालेमा पर्यटकीय गन्तव्य बन्न अतियोग्य ठाँउ जेफालेको विकास निर्माण साथै शैक्षिक स्तरोन्नतीमा ध्यान दिने उनले बताए ।

3 2

पर्यटन प्रवर्दनमा टेवा पुग्ने हिसाबले कार्यक्रम जेफालेमा आयोजना गरिएको कार्यक्रमका संयोजक अस्मी कार्कीले बताईन् ।

लियो क्लब अफ दन्तकाली धरान, धरान विजयपुर, धरान वुढासुब्बा, घोपा युनाईटेड, ईटहरी सुनसरी, ईटहरी ग्रीन सिटि, ईटहरी स्मार्टसिटी लगायतबाट ४२ जनाको उपस्थीति रहेको थियो । दुई दिनसम्म सञ्चालित भएको कार्यक्रममा समाज सेवामा उत्कृष्ठ र नियमित सक्रिय रुपले लाग्ने लियो क्लबहरुलाई अवार्ड वितरण गरिएको थियो ।

अञ्जली ओभरसिस प्राली, फ्युचर फस्र्ट, फिटनेस क्लब, हिमालय कलेक्सन, होटल हिमालय, थकाली किचन एण्ड फास्ट फुड, ईष्र्टन प्याले, गोर्खाडिपार्टमेन्ट स्टोर, इडियु हव, ईटहरी आईसक्रिम लगायतले शैक्षिक सामग्री वितरणका लागी आर्थिक सहयोग गरेका थियो । २ दिने युथ क्याम, फेलोसिप साथै एकआपसमा सुमधुर सम्बन्ध कायम होस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको रिजन कोअर्डिनेटर लियो नवराज खड्काले बताए । सोहिक्रममा विभिन्न खेलकुद, पर्यटकिय क्षेत्रको अवलोकन भ्रमण गरिएको साथै उनले सम्पुर्ण लियो क्लबलाई समाजसेवामा लाग्न अभिप्रेरित गरे ।

4 5