विराटनगर: प्रदेश नं १ का विभिन्न पाँच वटा क्षेत्रमा नमुना आवासीय विद्यालय सञ्चालन गर्न सामाजिक विकास मन्त्रालयलाई सुझाव दिइएको छ ।

प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले गठन गरेको नमुना आवासीय विद्यालय सम्भाव्यता अध्ययन कार्यदलले धनकुटा, मोरङ, पाँचथर र सुनसरीमा नमुना विद्यालय सञ्चालन गर्न सुझाव दिएको हो । कार्यदलले सोमबार प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई प्रतिवेदन बुझाउँदै विशेष क्षेत्रका लागि नमुना विद्यालय सञ्चालन गर्न सुझाव दिएको छ ।

कार्यदलले बहिरा, बौद्धिक अपाङ्ता, दृष्टिविहिन तथा शारिरिक अपाङ्ता भएकाहरुका लागि विशेष आबासीय विद्यालय सञ्चालन गर्नुपर्ने सुझाव दिएको छ । साथै विभिन्न धार्मिक विद्यालयको संरक्षण र सम्र्बद्धन गर्नुपर्ने सुझाव कार्यदलले दिएको छ । कार्यदलले तयार पारेको प्रतिवेदनमा धनकुटाको राजारानी र डाडा बजार क्षेत्र, मोरङको केरावारी र जेफाले, पाँचथरको मिक्लाजुङको रवी र कन्याटार क्षेत्र तथा सुनसरीको तहरास्थित शहीद स्मृति आवासिय माविलाई पनि नमुना आवासीय विद्यालय सञ्चालन गर्न उपयुक्त हुने सुझाव दिएको छ । यी मध्ये तरहरा सञ्चालनमा छ भने अन्य ठाउँमा नयाँ संरचना निर्माण गर्नुपर्ने हुन्छ । तरहरास्थित विद्यालय सञ्चालक समितिले प्रदेश सरकारलाई हस्तान्तरण गर्न सहमति जनाएको छ ।

प्रतिवेदन बुझ्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले कार्यदलले तयार पारेको प्रतिवेदनले नमुना आवासीय विद्यालयका लागि नीति निमार्ण र योजना वनाउन सजिलो हुने बताए । उनले कार्यदलको सुझाव र प्रतिवेदनका आधारमा मन्त्रालयले योजना निमार्ण गर्ने मार्गदर्शन पाएकाले चाडै योजना निमार्णमा लाग्ने बताए । डिल्लीराम शर्मा अधिकारीको संजोजकत्वमा गठीत १५ सदसीय कार्यदलले विभिन्न १७ प्रकृतिका विद्यालयको अवलोकन र अध्धयन गरेर प्रतिवेदन तयार पारेको जनाएको छ ।