धरान : धरान १६ स्थित जेनिथ सेकेण्डरी स्कुलले आफनो २० औ वार्षिक उत्सव एक भव्य समारोह बीच मनाएका छन् ।

असल बन, असल गर र असल हेर भन्ने उदेश्यका साथ आज भन्दा २० वर्ष अगाडि जेष्ठ २७ गते आजकै दिन स्थापना भएको थियो । हाल नर्सरीदेखि कक्षा १० सम्म कक्षा सञ्चालन हुदै आएको छ । सो कार्यक्रममा विद्यार्थीहरुले कराते कला, डान्स, नृत्य, गायन, कविता वाचन, एक्शन राईम्स, नाटक र बिट बक्श इत्यादी देखाएका थिए ।

सोहि कार्यक्रमको अवशर पारेर जेनिथ बाल आवाज भित्ते पत्रिकाको समेत विमोचन भएको थियो । कार्यक्रममा फिलिपिनि शिक्षक जोबेनले पनि अंग्रेजी गीत गाएको थियो । उक्त कार्यक्रममा महेन्द्र बहुमुखि क्याम्पसका प्राध्यापक एव वकिल प्रकाश राई, कराते प्रशिक्षक स्वर्णिमहाङ्ग फोम्बो र फिलिपिनि शिक्षक जोवेनले शुभकामना मन्तव्य राखेको थियो । स्कुलको प्रिन्सिपल श्री सुमन जवेगूले धरानमा विद्यालयको स्थापना गर्नुका कारणहरु बारे जानकारी गराए । सो समारोहको सभापतित्व स्कुलको भाइस प्रिन्सिपल पुजा ताम्रकारले गरेको थियो भने विद्यालयका शिक्षक श्री साहिल शाहले रोचक ढंगले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रम अवधिभर नै विद्यार्थीले भरपुर मनोरञ्जन लिएका थिए ।

received_2231269220519335

received_307655050123046