मोरङ : मोरङको केराबारी गाउँपालिकामा पनि डेंगुको संक्रमण भेटिएको छ ।

केराबारी गाउँपालिका वडा नं.६ मा एक खजनामा डेंगुको संक्रमण भेटिएको हो । गाउँपालिका स्वास्थ्य कार्यालयका अनुसार संक्रमित धरानमा उपचार पछि घर फर्किएको बताइएको छ ।

केराबारी ८ आमजुंगी टोलमा पनि दुई जना डेंगुका बिरामी फेला परेको बताइए पनि पुष्टि भैनसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

पछिल्लो समय सुनसरी मोरङको विभिन्न सहर तथा ग्रामीण क्षेत्रमा पनि डेंगुको प्रकोप बढेपछि स्थानीय समेत त्रसित बन्दै गएका छन् ।