धरान : आर्थिक वर्ष २०७५ र ७६ को लक्षित बजेटबाट शिङ्सा कल्याण केन्द्र धरान नगर समितिको आयोजना दुई दिने जडिबुटी तालिम सम्पन्न भएको छ ।

आदिवासी विकास समिति संयोजक नरेश इवारमको प्रमुख आतिथ्यमा जडिबुटी तालिमा शुक्रबार र शनिबार सञ्चालन भएको हो । प्रमुख अतिथि इवारमले आफुले तालिममा सिकेको ज्ञानलाई कार्यान्वयन गर्न आग्रह गरे । व्यावहारिक अनुभव र सैद्धान्तिक ज्ञान नै सफल व्यावसायको आधार हो भन्ने नाराका साथ चौबिसे समाज भवनमा जडिबुटी प्रशोधन तथा बिक्रि प्रवर्द्धन तालिम सन्चालन भएको हो । संखुवासभा जिल्लाको भोटखोला गाउँपालिकाबाट धरानमा आएर बसोबास गरि जडिबुटी बेचबिखनलाई पेशागत रुपमा अँगाल्दै आएका छन् । परम्परागत रुपमा कच्चा जडिबुटी बिक्रि बितरणलाई थप व्यावहाहारिक तथा आधुनिक तरिकाबाट बिक्री वितरन गर्न टेवा मिल्ने उद्देश्यले तालिम सञ्चालन गरेको कुरा आयोजक शिङ्सा कल्याण केन्द्रले जनाएको छ । पुर्ख्यौली रुपमा बेचबिखनलाई व्यावहारिक रुपमा घरेलु प्रशोधन तालिम दिई बिक्री वितरनमा थप उपलब्धि भै आर्थिक रुपमा समेत प्रवर्द्धन हुने अपेक्षा आयोजकले जनाएको छ ।

प्रशिक्षक राजेन्द्र लामा स्याङ्बोले विश्व स्वास्थ्य संगठनले समेत आधुनिक औषधिको तुलनामा समेत जडिबुटीलाई अगाडि लगिरहेको बताए । पछिल्लो समयमा जडिबुटीलाई विश्व स्वास्थ संगठन बिस्तार गर्दै लगेको जानकारी दिए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति नगर समन्वय परिषद धरानका अध्यक्ष सुबास हुक्पा चोन्ङ्बाङ, नेपाल मगर संघ धरानका अध्यक्ष चित्रराज थापामगर, अन्य जातीय संस्थाका प्रतिनिधि लगायतको उपस्थिति थियो।जडिबुटी तालिमको अध्यक्ष शिङ्सा कल्याण केन्द्र धरान नगर अध्यक्ष छितेन भोटेको अध्यक्षतामा भएको हो । कार्यक्रममा शिङ्सा समुदायका करिब ४० जना सहभागी थिए । कार्यक्रम चौबिसे समाज भवन जल्पारोडमा भएको हो ।