सर्लाही : विद्यालयमा पठनपाठन बन्द गरिएको छ । आइतबार लालबन्दी नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक एवं संस्थागत विद्यलायको पठनपाठन बन्द गर्ने निर्णय गरेको थियो ।

लगत्तै सोमबारबाट जिल्लाका अधिकतर स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय लिए । मंगलबारसम्म आइपुग्दा जिल्लाका ११ नगरपालिका एवं नौ गाउँपालिका गरी २० वटै स्थानीय तहले विद्यालय बन्द गर्ने सूचना जारी गरेका छन् ।

जसअनुसार चार सय ६३ वटा सामुदायिक तथा २ सय ५० भन्दा बढी संस्थागत विद्यालयमा पठनपाठन बन्द भएको हो। अत्याधिक गर्मीले विलयमै विद्यार्थी बिरामी पर्न थालेको र आधासरो विद्यार्थी अनुपस्थित हुन थालेपछि ननगरभित्रका सबै विद्यलाय बन्द गरिएको लालबन्दी नगरपालिकाकका शिक्षा शाखाका संयोजनक वासुदेव तिमल्सिनाले जानकारी दिए ।  –नागरिक दैनिकबाट