काठमाडौं : त्रिभुवन विश्वविद्यालयमा उत्कृष्ट विद्यार्थीलाई दिइने ‘गोल्ड मेडल’ खरिदविक्री हुने गरेको खुलेको छ ।

‘गोल्ड मेडल’ खरिदविक्रीमा संलग्न त्रिविका एक कर्मचारी र विद्यार्थीलाई पक्राउ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखाका प्रमुख रामु कर्माचार्य र विद्यार्थी सुरेन्द्र कोइरालालाई आयोगले पक्राउ गरेको हो ।

पाटन क्याम्पसमा अर्थशास्त्र विषयमा स्नातकोत्तर तहमा अध्ययनरत कोइराला पेसाले अधिवक्ता हुन् । आफूलाई गोल्ड मेडलिस्ट बन्ने रहरमा उनले कर्मचारी कर्माचार्यसँग आर्थिक डिल गरेका थिए । –नयाँ पत्रिका दैनिकबाट