धरान : स्वास्थ्य जनचेतना कार्यक्रममा मृर्गाैला रोग सम्बन्धी चर्चा गरिएको छ ।

शुक्रबार सुनसरी उद्योग वाणिज्य संघ, धरानको सभाहलमा वी.पी.को. स्वा.विज्ञान प्रतिष्ठानका बाल मृगौला रोग विशेषज्ञ डा. शंकर कुमार यादवले मृगौला रोगको विषयमा चर्चा गरेको हो ।

कार्यक्रममा मृगौला के हो ? यसले के काम गर्दछ ? किन मृगौला रोग लाग्छ ? मृगौला रोगका लक्षणहरु र मृगौला रोगबाट बच्ने उपायहरुको विषयमा छलफल गरिएको थियो । डा. यादवको प्रस्तुती पछि सहभागीहरुले मृगौला रोग सम्बन्धी विभिन्न जिज्ञासाहरु समेत राखेका थिए । मृगौला रोगबाट बच्न नियमित व्ययाम र संतुलित आहार ग्रहण गर्नु पर्ने, पानी प्रयाप्त पिउनु पर्ने कुरामा डा. यादवले जोड दिएका थिए ।

कार्यक्रममा स्वास्थ्य प्रति सचेत व्यक्तित्वहरु र सुनखरी बोडिङ्ग स्कूलका प्रिन्सिपल र विद्यार्थीहरुको बाक्लो उपस्थिती रहको थियो । स्वास्थ्य जनचेतना कार्यक्रम वी.पी.को.स्वा.वि. प्रतिष्ठानका प्रा.डा. विक्रम प्रसाद श्रेष्ठ, सुनसरी उद्योग वाणिज्य संघ र कृति टेलिभिजनको संयूक्त आयोजनामा सम्पन्न हुने गर्दछ । यो कार्यक्रम प्रत्येक हप्ताको शुक्रबार सुनसरी उद्योग वाणिज्य धरान १ मा वेलुकी ४ वजे प्रत्यक्ष रुपमा सम्पन्न हुने गर्दछ । कृति टेलिभिजनले प्रत्येक हप्ताको सोमबार बेलुकी ७ वजे यस कार्यक्रम प्रसारण गर्दछ । कार्यक्रममा सहभागी हुन सम्पूर्ण ईच्छुक महानुभावहरुलाई आयोजकहरुले आमन्त्रण गरेको छ ।