धरान : त्रिभुवन विश्वविद्यालय अन्तर्गत प्रदेश नं १ मा रहेको एकमात्र आङ्गिक पूर्वाञ्चल ईन्जिनियरिङ क्याम्पस धरानमा विद्यार्थीहरुको सकृयतामा प्रविधि उत्सव हुने भएको छ ।

असार १३ देखि १५ गतेसम्म डेल्टा वान जेरो नामक प्रविधिक मेला हुने भएको हो । क्याम्पसका गैरराजनैतिक, गैरनाफामुलक समुहहरुको आवह्वानमा हुन गैरहेको यस कार्यक्रममा Ideathon, Hackathon, Buildcon, Codecamp Photography Competition लगायत प्रविधिक प्रतिस्पर्धा हुनुका साथै विद्यार्थीहरुबाट बिकसित प्रोजेक्ट र प्रविधीहरुको प्रदर्शनी पनि गरिनेछ । यस कार्यक्रम विद्यार्थीहरु माँझ उद्यमशिलता, अन्वेशन र दिगो बिकासको अवधारणा स्थापित गरी देशको प्राविधिक पक्षलाई सुदृढ पार्र्ने लक्ष्य लिएको कार्यक्रम संयोजक विजय सेढाईले जानकारी दिए ।

तीन दिनसम्म हुने यस कार्यक्रम को Early Event, Pre-Event लगायत पूर्वका विभिन्न विद्यालयहरुमा अभिमुखिकरण सम्पन्न भैसकेको छ ।

स्कुल देखि हाइस्कुल र ब्याचलरस लेभलसम्म अध्ययनरत विद्यार्थीले मात्र नभएर सामान्य जनमानसले पनि प्रविधि सम्बन्धी धेरै ज्ञान आर्जन गर्ने आयोजकको दाबि छ । प्रविधि सम्बन्धित धेरै कार्यक्रमहरु काठमाडौंलेमात्र देखेको छ, विद्यार्थी स्तरबाट हुने यस कार्यक्रम प्रदेन नं. १ ले देख्ने पहिलो कार्यक्रम हुने आयोजकले जनाएको छ ।

संसारमा प्रविधिले नयाँ रुप लिईसकेको छ, हामी भने आजसम्म नब्बेका दशकमा छौ, यहि प्रविधिको लोभ भनौ या सिक्ने चाहानाले हरेक वर्ष युवाहरु विदेश पलायन भईरहेका छन् । अष्ट्रेलिया, अमेरिका, युरोप पढ्न जाने धेरै विद्यार्थीको रोजाइ आइ टि हो । देशले युवालाई देशभित्रै राख्न पनि प्रविधिको विकासमा लाग्नु पर्छ भन्ने भनाई डेल्टा कमिटिको रहेको छ ।

डेल्टा आयोजकले सुनसरी, झापा, चितवन र मोरङको विभिन्न ठाउँका विद्यालयमा रोबोटिक्सको कार्यशाला पनि गरिसकेको छ । दिगो बिकासको लक्ष्य प्रती विद्यार्थीहरुलाई सजक गराउन बिभिन्न सेमिनार, साथै स्वास्थ्यको समबन्धमा महिलाहरु लक्षित Reusable Pad Making Workshop र Seminar on Mental Health जस्ता कार्यक्रम पनि गरिसकेको छ । CG Holdingsको सहकार्यमा क्याम्पसमा Job FairkgL हुनेछ ।