झापा: दमक ३ कि सीता तिम्सिना अहिले दमकस्थित बहुमुखी क्याम्पसमा अध्यनरत छिन् । उनको परिवारमा कोही पनि व्यवसाय गर्दैनन् । बुबा जागिरे र आमा घरमै गृहणी । तर उनलाई दमकमा एक सफल उद्यमी बन्ने मन छ ।

आफ्नो पढाई सकेर व्यवसायमा लाग्ने योजना बनाएकी सीता फेसन डिजाईनमा रुचि राख्छिन् । उनी भन्छिन्,‘अब यही व्यावसाय गर्छु भन्ने तय गरिसकेको त छैन, परिवारमा पनि सल्लाह गर्छु । त्यसपछि के निर्णय हुन्छ सोही अनुरुप व्यवसायको थालनी गर्छु ।’ परिवारको साथ र सहयोग बिना व्यवसाय सफल नहुने उनले यसअघि लिइएका बिभिन्न तालिम मार्फत सिकिसकेकी छिन् । त्यसैले परिवारको निर्णय नै उन्तिम निर्णय हुने बताईन् ।

सीता मात्र हैन दमक २ स्थित हिमालय मावीका लेखापाल दयासागर आचार्यले भर्खरै बिजुलीका बिभिन्न सामानहरुको व्यवसाय शुरु गरेका छन् । उनी पनि यस क्षेत्रमा एक उदाहरणीय व्यावसायी बन्ने योजनामा रहेको बताउँछन् । ‘जागरि गरेर मात्र खासै आर्थिक प्रगति गर्न सकिएन, त्यसैले व्यवसायको क्षेत्रमा प्रवेश गरे ।’ आचार्यले भने ‘तर म यो क्षेत्रमा नयाँ हो । कसरी बजारमा आफ्नो प्रभाव जमाउने भन्ने ज्ञान कमै छ ।’ उनलाई व्यवसाय गर्दा फाईदा हुन्छ भन्ने छ । तर त्यसबाट अझ बढी प्रतिफल कसरी लिने र आफ्नो कारोबारलाई अझ कसरी सशक्त बनाउने भन्ने कुराका सुत्र थाह छैन । त्यसैले उनी भन्छन्,‘यस सम्बन्धीको तालिम लिन अति नै आवश्यक छ ।’

यस्तै युवाहरुको अन्योल हटाउन र यूवा उद्यमशिलताको क्षमता विकास गराउन दमक उद्योग वाणीज्य सघंले दमक जेसीज र दमक नगरपालिकासँग सहकार्य गरी एक दिने यूवा उद्यमशिलता सम्बन्धीको तालिम दिएको थियो । तालिममा ६० जना सहभागी थिए । दमकका व्यवस्थापन संकायमा अध्यनरत बिद्यार्थी र व्यवसयायी सहभागी भएको उक्त तालिममा व्यवसयामा लाग्नुका कारण र यसबारेमा बिषेश गरी नव आगान्तुक व्यवसायी र प्रवेश गर्न चाहने यूवाले ध्यान पुर्याउनु पर्ने कुराका बारेमा चर्चा गरिएको थियो ।

दमक उद्योग वाणिज्य सघंका प्रथम उपाध्यक्ष गोपाल गुरागाईले आफ्नो परिवारका सबै पुस्ता सरकारी जागिरे भएको र यसको ब्र्रेक गरेर आफ्नो पुस्ता चाहि व्यवसयामा लागेको बताए । ‘घरमा बुवा सरकारी जागरि हरेक दिन कार्यालय जाने आउने, भनेको बेलामा बिदा पनि नमिल्ने, त्यही भएर मैले चाहि बुबा र हजुरबुबाको त्यो पेशालाई ब्रेक गर्र्दै व्यवसायमा लागेको हुँ ।’ गुरागाईले गोष्ठीमा आफ्ना कुरा राख्ने क्रममा रहेको बताए । त्यसैगरि, दमक उद्योग वाणिज्य सघंका कार्यसमिति सदस्य टिका प्रसाई अघिल्लो पुस्ता सबै किसानमै सिमित भएको र त्यसबाट अलग हुन पनि आफु ब्यवसायमा लागेको बताए । उनले त्यही कृषिलाई पनि व्यवसायिकरुपमा गर्न सकिने रहेछ भन्ने कुराको महशुस हुन थालेको बताए ।

यसरी बिद्यार्थीलाई व्यवसाय गर्दा ध्यान दिनु पर्ने कुरा, सिक्न र बुझन आवश्यक पर्ने बिभिन्न अनुभव सुनाउन पनि गोष्ठीको आयोजना गरिएको दमक उद्योग वाणीज्य सघंका अध्यक्ष राजेन्द्र ढकालले बताए । उनले यूवाहरुको उद्यमशिलताको बिकास गराई अझ सशक्त यूवा उद्यमी बनाउने लक्ष्य वाणीज्य सघंको रहेको समेत बताए ।

कार्यक्रममा प्रमुख अतिथी रहेका नगरपालिकाका प्रमुख रोमनाथ ओलीले दमकमा रहेका यूवाहरुलाई उद्यममा अग्रसर गराउन आगामी आर्थिक वर्षमा छुट्टै नीति तथा कार्यक्रम बनाएको बताएका छन् । यहाँ रहेका बिभिन्न सघं सस्था, निजी तथा सहकारी लगायतसँग सहकार्य गराएर यूवालाई उद्यममा लगाईने उनले बताए । तालिम र गोष्ठी गर्दै उनीहरुको क्षमता बिकास गराउनु नगरको दायित्व रहेको र यसले यूवामा उद्यमी बन्ने इच्छा शक्तिको बिकास हुने समेत धाराणा ब्यक्त गरे । विपन्न तथा एकल महिलाका लागि मुल बिउ पुँजीको समेत व्यवस्था गरिने गरिको निती तथा कार्यक्रम बनाइएको उनको भनाई छ ।