धरान : धरानको वि.पि. कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको लियो क्लब अफ धरान घोपा युनाइटेडले धरानका विभिन्न सामुदायिक र निजि विद्यालयहरुमा रजस्वला, महिनावारी स्वास्थ्य र सरसफाइलाई लक्षित गरी चेतना तथा शिक्षामूलक अभियान सुरु गरेको हो ।

पहिलो दिनको कार्यक्रममा श्री शारदा बालिका उच्च माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा नौ र दसका करिव १५० जना छात्राहरु सहभागी रहेको जानकारी विद्यालयका प्रधानाध्यापकले गराए । सो कार्यक्रममा बिपि प्रतिस्ठानमा अध्ययन गर्दै गरेका लियो प्रिया घिमिरे, लियो मिठु लिम्बू, लियो मेनका रावत, लियो प्रसन्शा कार्की, लियो निलिमा थापा र लियो ललिता साहिले महिनावारी स्वास्थ्य, महिनावारी हुदा ध्यान दिनु पर्ने कुराहरु, स्यानिटेरी प्याड, यसको प्रयोग तथा ब्यवस्थापन गर्ने तरिका आदि जस्ता महत्वपूर्ण बिषयहरुमा जानकारी दिएका थिए । यस्ता कार्यक्रमहरुबाट विद्यार्थीहरुमा निकै चेतना अभिवृद्धि भएको विद्यार्थीहरुकै प्रतिक्रिया थियो । विद्यार्थीहरुले उत्सुकता पूर्वक चासो लिएको र विद्यालयबाट यस्तो उत्साहजनक प्रतिक्रिया आएकाले आफुहरु पनि निकै खुशी भएको क्लबका अध्यक्ष लियो उकेस कुसिले बताए ।

12 1

किशोरी अवस्थामा महिलाहरुमा हुने रजस्वलाबारे भ्रामक कुराहरुबाट विद्यालयका छात्राहरुलाई मुक्त गराउँदै शारिरिक परिवर्तनबारे सचेत बनाउने उद्देश्यकासाथ २८ दिनमा महिनावारी भएन भने स्वास्थ चौकी जाउँ, महिनावारी हुदा सरसफाईलाई ध्यान दिउँ, महिनावारी प्राकृतिक कुरा हो कुनै पाप होइन र रजस्वला भएका महिलालाई छिछि दुरदुर होइन, माया गरौ जस्ता अनेक सन्देश सहित विद्यार्थीहरुलाई रजस्वला सम्बन्धि सचेतना दिएको जानकारी क्लबका सचिव लियो शुभम कुमार अग्रवालले दिए ।

प्रतिष्ठानमा अध्ययन गर्दै गरेका विद्यार्थीहरुले प्रतिष्ठानमा यहि बर्ष स्थापना गरेको लियो क्लब अफ धरान घोपा युनाइटेडले आउदा दिनहरुमा समाजप्रति उत्तरदायि हुदै रक्तदान कार्यक्रमहरु, जनचेतना मुलक सडक नाटकहरु, महिला स्वास्थ्य सम्बन्धी तालिमहरु आयोजना, आँखा र मधुमेह जांच शिविर, विद्यालयहरुमा निस्शुल्क प्राथमिक उपचार तालिम र स्वास्थ्य सम्बन्धी चेतनामुलक कार्यक्रमहरु, अनाथ आश्रम र वृद्धआश्रममा आवश्यक सामग्री प्रदान, दुर्गम ठाउँहरुमा निस्शुल्क स्वास्थ शिविरहरु तथा विविध समाज सेवा, शिक्षा, स्वास्थ र व्यक्तित्व विकाससँग सम्बन्धित कार्यक्रमहरु आयोजना गर्ने क्लबका जनसम्पर्क अधिकारी लियो आशिष झाले बताए ।