भुटाहा : सुनसरीको हरिनगर गाउँपालिका ५ बसन्तपुरमा निशुल्क आखाँ जाँच शिविर कार्यक्रम सम्पन्न भएको छ ।

श्री माध्यमिक विद्यालय बसन्तपुरमा साझेदारी नेपाल सुनसरीको आयोजना, नेपाल नेत्र ज्योति संघ इटहरी आखाँ उपचार केन्द्रको प्रविधिक सहयोग तथा हरिनगर गाउँपालिका ५ नम्बर वडा कार्यालयको सहयोगमा निशुल्क आखाँ जाँच शिविर सम्पन्न भएको हो ।

सम्पन्न भएको शिविरमा सीमावर्ती बसन्तपुर, धर्मपुर र सिशुवा सहितका एक सय ५० बढीलाई आखाँ जाचँ सेवा र निशुल्क औषधी वितरण गरेको आयोजक संस्थाका कार्यक्रम संयोजक पवनकुमार चौरियारले बताए ।

शिविर कार्यक्रमको उद्घाटन सत्र कार्यक्रममा श्री माविका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनमोहन यादव, शिक्षक संजय मेहतालगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा हाजी इद्रिस अंसारी, पत्रकार नसिम अंसारी, युवा समाजसेवी इनाम सिद्धिकि, हरिनगर गाउँपालिका ५ का वडा सदस्य अदाबुल अंसारी, सुखियादेवी पासवान, बदुल अंसारी, सत्यनारायण यादव र वडा सचिव बालकृष्ण मेहता लगायतको उपस्थिती रहेको थियो ।