इटहरी : इटहरी उपमहानगरले जेष्ठ नागरिकका लागि गरेको स्वास्थ्य शिविरमा ८५ जनाको निशूल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

डा.प्रवित गजुरेल र डा प्रभाष थापा लगायत चिकित्सकको टोलीले जेष्ठ नागरिकको नाक कान र घाँटीको स्वास्थ्य परीक्षण गरेको हो । स्वास्थ्य परीक्षण गरिएका जेष्ठ नागरिकलाई निशुल्क औषधी समेत वितरण गरिएको छ । इटहरी उपमहानगर परिसरमा रहेको जेष्ठ नागरिक चौतारीमा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।