धरान: धरानको १२ नं वडा कार्यालयले जेष्ठ नागरिकहरुका लागि निःशुल्क आँखा शिविरको सम्पन्न गरेको छ ।

मंगलबार पब्लिक हाईस्कुलमा आयोजित शिविरमा जेष्ठ नागरिकहरुको आँखा परिक्षण गर्नुका साथै आवश्यक औषधीहरुसमेत वितरण गरेको हो । परीक्षण भएकाहरुलाई चस्माको आवश्यक्ता परे सहुलितमा उपलब्ध गराइएको वडा कार्यालयले जनाएको छ । यस्तै, मोतियाविन्दुको अपरेशनको लागि निःशुल्क आँखा अपरेशन गर्ने व्यवस्था समेत मिलाईएको कार्यक्रम संयोजक समेत रहका वडा सदस्य ब्रह्मज्ञ भट्टराईले बताए । शिविर नवदृष्टी आँखा अस्पताल ईटहरी तथा श्रेया चस्मा घर धरान १२ को प्रविधिक सहयोगमा आयोजना भएको थियो । शिविरमा १ सय ७ जनाको आँखा जाँच गरिएको थियो ।

S5510029

शिविरमा आँखा जाँच गरिएको जेष्ठ नागरिकहरुको धेरैको आँखा कमजोर भएकाले चस्माको प्रयोग गर्नु पर्ने, धेरैले औषधि प्रयोग गर्नुपर्ने अवस्था देखिएको थियो भने ९ जना विरामीको मोतियाविन्दुको अपरशन नै गर्नु पर्ने भएको वडा सचिव खगेन्द्र रोईलाले जानकारी दिए । वडा कार्यालयको वार्षिक कार्यक्रम अनुसार अन्य लक्षित कार्यक्रम अन्तरगत यस शिविर आयोजना गरिएको वडाध्यक्ष टंक बहादुर राईले वताए ।

शिविरमा जेष्ठ नागरिकहरुको उल्लेखनिय सहभागिता थियो । शिविर पछि पनि उपचारको व्यवस्था गरिएकोले शिविर उपलब्धिमुलक भएको प्रमूख अतिथि तथा धरान उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमूख रामबाबु यादवले बताए । आफ्नो वडामा नै शिविरको आयोजना हुँदा सजिलै आफ्नो आँखाको अवस्था थाहा पाएको र उपचारका लागि आवश्यक औषधि र मोतियाविन्दुको अपरेशन समेतको व्यवस्था गरिएकोमा सहभागी जेष्ठ नागरिकहरु खुशी भएका थिए ।