उदयपुर : उदयपुरमा जंगली च्याउ खाएर ३ परिवारका १२ जना बिरामी भएका छन् ।

त्रियुगा नगरपालिका–९ राजावासमा १ परिवारका ५ जना र कटारी नगरपालिका–४ सिसाघारीका दुई परिवारका ७ जना बिरामी भएका हुन् । शनिबार दिउँसो जंगली विषालु च्याउ खाएर राजावासका ४० वर्षीय चित्रबहादुर दनुवार, निजकी श्रीमती ३८ वर्षीया फुलमाया दनुवार, निजका छोरा वर्ष २० का अनिश दनुवार, ११ वर्षीय मनिस दनुवार र १७ वर्षीया छोरी रविना दनुवार बिरामी परेका हुन् ।

यसैगरी कटारी सिसाघारीकी ३५ वर्षीया टंक कुमारी दनुवारले जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा उनीसहित उनका छोराहरु १४ वर्षीय अनिष दनुवार र ११ वर्षीय महेन्द्र दनुवार तथा ९ वर्षीया छोरी सुजिता दनुवार बिरामी भएका छन्।

यस्तै उनका छिमेकी वर्ष २० की गंगा कुमारी तामाङ, वर्ष १९ की लक्ष्मी तामाङ र वर्ष १७ की समिता तामाङसमेत बिरामी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बिरामी सबै जनाको विराटनगरको नोवेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।