भुटाहा : सुनसरीको हरिनगर गाउँपालिका १ नम्बर वडा भुटाहामा निःशुल्क बृहत स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।

भुटाहा जेनरल हस्पिटल भुटाहामा पुर्व अर्थमन्त्री तथा सुनसरी क्षेत्र ४ का माननीय सांसद ज्ञानेन्द्र बाहादुर कार्कीको आयोजनामा काठमाडौ र धरानको विपि कोइराला विज्ञान प्रतिस्ठानको डाक्टरहरुद्वारा भुटाहा जेनरल हस्पिटलको प्रविधिक सहयोग र हरिनगर गाउँपालिका कार्यालय, भुटाहा नेपाली काँग्रेस गाउँ एकाई समिति, सरोकार बचत तथा सहकारी संस्था, नेपाली काँग्रेस क्षेत्रीय कार्यसमितिको सहयोगमा निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पनन भएको हो ।

IMG_0129

सम्पन्न भएको शिविरमा बाढी पिडित सीमावर्ती हरिनगर गाउँपालिका भरिका ७ वटै वडा र अन्य छिमेकी गाउँपालिका तथा इनरुवा नगरपालिका सहितका एक हजार एक सय ३३ जनालाई निशुल्क बृहत स्वास्थ्य सेवा र निःशुल्क औषधी वितरण गरेको आयोजक संस्थाका कार्यक्रम संयोजक सुशील ठाकुरले जानकारी दिए ।

कार्यक्रमको उद्धघाटन सत्र कार्यक्रममा प्रमुख अथिति पुर्व अर्थमन्त्री तथा सुनसरी क्षेत्र ४ का सांसद ज्ञानेन्द्र बाहदुर कार्की विशेष अथिति सुनसरी क्षेत्र ४ ख को सांसद हाजि ताहिर अन्सारी, सुनसरी जिल्ला प्रमुख सिडियो किरण जिबि गिरि, सुनसरी जिल्ला प्रहरी कार्यालय इनरुवाका प्रहरी निरिक्षक यज्ञ विनोद पोखरेलको उपस्थिति रहेका थिए । यसैगरी हरिनगर गाउँपालिका उपाध्यक्ष रिमझिम कुमारी भगत, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर कार्की, कोशी गाउँपालिका अध्यक्ष एजुब अन्सारी, क्षेत्रीय सभापति सदान मण्डल, सैनानि संघका अध्यक्ष नन्द शिग्देल, १ नम्बर प्रदेश मुस्लिम संघका अध्यक्ष डाक्टर हाजि ईस्सराईल, मंसुरी १ नम्बर प्रदेश मुस्लिम संघका सचिव नईम अन्सारी, भुटाहा १ नम्बर वडा अध्यक्ष अबदुल लतिफ अन्सारी, २ नम्बर वडा अध्यक्ष हाजि युनुस अन्सारी, ६ नम्बर वडा अध्यक्ष ईसराइल अन्सारी ७ नम्बर वडा अध्यक्ष नसिर खा, नेपाली काँग्रेस गाउँ इकाई सभापति सेराजुद्दीन अन्सारी, सरोकार बचत तथा सहकारी संस्थाका अध्यक्ष मोजमिल हक लगायतका सरोकारवालाहरुको उपस्थिति रहेको थियो भने हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।