१, लहरे आँपको नियमित सेवनले क्यान्सर र मुटुसम्बन्धी रोग लाग्नबाट बच्न सकिन्छ ।

२, यो मस्तिष्कका लागि उपयोगी फल हो । साथै, यसले हड्डी र दाँतसमेत मजबुत बनाउनुका साथै रक्तसञ्चारसमेत सहज गराउँछ ।

३, लहरे आँप गर्भवती महिलाका लागि उपयोगी हुन्छ । त्यस्तै, वजन घटाउन यसले महत्वपूर्ण भूमिका खेल्छ ।

४, छाला मुलायम बनाउन मद्दत गरेर मानिसलाई सधैँ जवान देखाउनमा भूमिका खेल्छ ।

५, मधुमेहका रोगीका लागि लहरे आँप अमृतसरह हुन्छ भने यसले उच्च रक्तचाप नियन्त्रण गर्न पनि भूमिका खेल्छ । त्यसैगरी, शरीरमा कोलेस्ट्रोल नियन्त्रण गर्नसमेत मद्दत गर्छ ।

६, यदि, तपाईं सर्जरी वा अप्रेसनको दौरान हुनुहुन्छ भने यो फल सेवन नगर्दा राम्रो मानिन्छ ।

आरबी बुढाथोकी, सु–सेफ

(बुढाथोकी बेलायतस्थित इन्टरकन्टिनेन्टल होटेल्स ग्रुपद्वारा दीक्षित खाद्य विभागीय प्रशिक्षकसमेत हुन् ।)