इटहरी : तीजको अवसर पारेर उद्योग वाणिज्य सङ्घ इटहरीले आयोजना गरेको निःशुल्क स्वाथ्य शिविरमा तीन सय भन्दा बढी लाभान्वित भएका छन् ।

तीजको सन्ध्याकालिन अवसर पारेर सञ्चालन गरिएको शिविरमा महिलाहरुको पाठेघर जाँच, स्तन क्यान्सर बारे सचेतना तथा युएसजि, इसिजी, ल्याब टेस्ट लगायत टेष्ट गरिएको संघकी सविना कोइराला शोभाले जानकारी दिईन् । उनका अनुसार सुनसरी, मोरङ र संखुवासभा समेतका मानिसले स्वास्थ्य जाँच गराएका थिए । विराटनगरको नोबेल मेडिकल कलेजको सहकार्यमा भएको शिविरमा महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो । शिविरमा तीन सय बढी महिलाहरुको सहभागी रहेको थियो ।