झापा  : पेशागत हकहित लगायतका विभिन्न मागहरु राख्दै झापाको दमकस्थित लाइफलाइन अस्पतालका नर्सहरु आन्दोलित भएका छन् ।

आइतबारदेखि अस्पतालमा कार्यरत एक सय बढी नर्सहरु विभिन्न सेवा, सुविधाहरु माग राख्दै आन्दोलित भएका हुन् । कार्यरत नर्सहरु आन्दोलित भएपछि अस्पतालको नियमित सेवामा प्रभावित हुन पुगेको छ ।

उनीहरुले काम छोडेर माग पूराउन आन्दोलनमा उत्रिएका छन् । आइतबार आन्दोलित नर्सहरुले आफना मागका बारेमा अस्पताल प्रशासनलाई लिखीत ज्ञापनपत्र बुझाएका थिए । आन्दोलनका कार्यक्रम अन्तर्गत सोमबारज नर्सहरुले अस्पताल परिषरमा विभिन्न प्लेकार्ड बोकेर नारावाजी गरि प्रर्दशन गरे । गठित संघर्ष समितिकी संयोजक मेलिना सुब्बाले नर्सहरुका माग पूरा गराउन दवावमूलक संघर्षका कार्यक्रम शुरु गरिएको वताइन् । माग सुनुवाई नभएसम्म काममा नफर्किने संयोजक सुव्वाले चेतावनी दिईन् । उनले भनिन, -‘ नर्सहरुका आधारभूत सेवा, सुविधा सम्बोधन नभएसम्म आन्दोलन रोकिन्न् ।’ आन्दोलनमा उत्रिएका नर्सहरुले सुब्बाको संयोजकत्वमा एक संघर्ष समिति गठन गरेका छन् ।

आन्दोलनमा उत्रिएका नर्सहरुले अस्पताल प्रशासनले करारमुक्त गरिएका सम्पूर्ण नर्सहरुलाई पूर्नावहाली हुनुपर्ने, तलव बृद्धि गर्नुपर्ने, आर्थिक शोषण बन्द गर्नुपर्ने, सवै कर्मचारी ससम्मान व्यवहार गर्न, पद अनुसार कामको व्यवस्था गर्न माग अघि सारेका छन् । अस्पतालका अधिकांस नर्सहरुले न्यून ज्यालामा काम गर्दै आएका छन् ।