धरान: हिजो बिहिबारदेखि धरान १२, छाताचोक नजिकै शुरु भएको महिला उद्यमी बजार प्रर्वद्धन तथा प्रर्दशनी मेलामा निःशुल्क स्वास्थ्य शिविर पनि आयोजना भएको छ ।

महिला सञ्जाल धरानले आयोजना गरेको उद्यमी मेलामा केएचडिसि कार्यक्रमले सर्वसाधारणहरुको निःशुल्क स्वास्थ्य जाँच गरेको हो । शिविर ३ दिन नै सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ । शिविर आज पनि जारी छ । पहिलो दिन बिहिबार ५० जनाको जाँच गरिएको डाक्टर प्रिन्स अग्रवालले जानकारी दिए । उनका अनुसार मृगौला, सुगर, ब्लड प्रेसरको जाँच गरिएको थियो ।

IMG_0527

जाँच गरिएका सर्वसाधारणहरुमध्येमा ३ जनाको मृगौलाले काम गर्न छोड्दै गरेको पत्ता लागेको डा.अग्रवालले जानकारी दिए । उनीहरुलाई आफ्नो मृगौलाले काम गर्न छोड्दै गएको बारे थाहै थिएन । उनीहरुलाई थप उपचारको लागि बिपी प्रतिष्ठानमा रिफर गरिएको पनि डा.अग्रवालले जानकारी दिए । यस्तै, जाँच पछि ९ जना सुगरका विरामी भएको रिपोर्ट आएको थियो भने ७ जना प्रेसरका विरामी भएको खुलेको थियो । ‘सुगर र प्रेसर कन्ट्रोल गर्न औषधी शुरु गरिएको छ, र सबैजनालाई आप्mनो लाइफस्टाइल परिवर्तन गर्न भनेका छौं,’डा.अग्रवालले भने,‘खान पिनमा ख्याल गरेर शारीरिक कसरत गर्न ध्यान नदिए झन् ठुलो रोग हुन सक्छ ।’