धरान: ईडेन एकेडेमी कन्सल्टेनसी प्रालि धरानले यही भदौ ८ र ९ गते शैक्षिक मेलाको आयोजना गर्ने भएको छ ।

प्रालिले आज धरानमा पत्रकार सम्मेलन गरेर विभिन्न देशका कलेजका प्रतिनिधिहरुको उपस्थितिमा 'इडन एडु फेयर' नामको शैक्षिक मेला हुने जानकारी दिएको हो । एकेडेमीले भदौ ८ गते धरान ८ स्थित गोर्खा डिपार्टमेन्ट स्टोरको सभाहलमा शैक्षिक मेला गर्ने जनाएको छ भने ९ गते इटहरीको दुर्गा पार्टी प्यालेसमा मेलाको तयारी भएको कन्सल्टेन्सीका प्रमुख मोहन तिगेलाले बताए । शैक्षिक मेलामा ५ देश अष्ट्रेलिया, न्युजिल्याण्ड, क्यानाडा, अमेरिका र भारतका विभिन्न कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुको उपस्थिति रहने उनले जानकारी दिए । 'शैक्षिक मेलाको सम्पुर्ण तयारी भइसकेको छ,'प्रमख तिगेलाले भने ।

इडनले धरानमा विगत ११ बर्ष अघिदेखि बैदेशिक अध्ययनमा जान चाहाने बिद्यार्थीहरुका लागि शैक्षिक परामर्श प्रदान गर्दै आईरहेको छ । बैदेशिक अध्यायनमा जान चाहने पुर्वका बिद्यार्थीहरुलाई आवश्यक तयारीको लागि काठमाण्डौं पुग्नुपर्ने बाध्यता नभएको इडनका प्रमुख तिगेलाको भनाई छ । बैदेशिक अध्ययनमा जान चाहने बिद्यार्थिहरुको लागि आवश्यक सम्पुर्ण शैक्षिक परामर्श तथा तयारी यहीबाट सेवा दिइने उनले बताए । यसले विद्यार्थीहरुलाई धेरै फाइदा हुने उनको भनाई छ । इडनले सेवासँगै विद्यार्थीहरुलाई थप लाभ पुर्याउनको लागि शैक्षिक मेला, शैक्षिक कार्यशाला जस्ता कार्यक्रमहरु पनि गर्दै आइरहेको छ । आज आयोजित पत्रकार सम्मेलनमा इडेन एकेडेमी कन्सलटेन्सी प्रा.लीले धरानका संचारकर्मीहरुलाई सम्मान पनि गरेको थियो ।

eden-edu