आजका दिनमा म नार्कोसजस्ता टिभी सोको फ्यान हुँ । यु टु, विली नेल्सन र बिटल्सका संगीत सुन्छु । म आफ्नो ध्यान केन्द्रित गर्नका लागि संगीत र टिभीबाट टाढिएको थिएँ । मैले बुझेँ, अन्य धेरै व्यक्तिले यस्तै सफलता हासिल गर्नका लागि ध्यान गर्ने गरेका छन् ।

मेरो उमेर २० को हाराहारीमा थियो, जब मैले संगीत सुन्न र टिभी हेर्न बन्द गरेँ । अति भएजस्तो लाग्छ, तर मैले सोचेँ, यी चिजले सफ्टवेयरबाट मेरो ध्यान भंग गरिरहेका छन् । यस्तो ब्ल्याकआउट समय झन्डै ५ वर्ष रह्यो, आजका दिनमा म नार्कोसजस्ता टिभी सोको फ्यान हुँ । यु टु, विली नेल्सन र बिटल्सका संगीत सुन्छु । म आफ्नो ध्यान केन्द्रित गर्नका लागि संगीत र टिभीबाट टाढिएको थिएँ । मैले बुझेँ, अन्य धेरै व्यक्तिले यस्तै सफलता हासिल गर्नका लागि ध्यान गर्ने गरेका छन् । तर, मलाई यसमा इच्छा थिएन ।

मलाई लाग्थ्यो कि ध्यान पुनर्जन्मसँग जोडिएको छ र यो बकबास छ । ढिलै भए पनि मैले ध्यानका विषयमा केही जानकारी भने हासिल गरेँ । म विज्ञ होइन, तर हिजोआज सातामा दुई वा तीनपटक ध्यान गर्छु, प्रत्येकपटक १० मिनेटभन्दा बढी समय । मेरी श्रीमती मेलिन्डा पनि ध्यान गर्छिन्, कहिलेकाहीँ हामी मिलेर ध्यानमा बस्छौँ । हामी आरामदायी कुर्सीमा बस्छौँ, म लोटस पोजिसनमा पनि ध्यान गर्छु ।

आजका दिनमा मलाई दिमागको अभ्यासका लागि ध्यान उत्तम माध्यम हो भन्ने लाग्छ । ठीक त्यस्तै, जस्तो हामी आफ्नो शरीरका नसाहरूको अभ्यासका लागि खेल खेल्छौँ ।