१, घरबाट बाहिर निस्कँदा धुवाँ–धुलोबाट जोगिन सम्पूर्ण शरीर ढाकेर हिँड्नुपर्छ । जसले गर्दा शरीरमा कीटाणुले सीधै प्रवेश गर्न पाउँदैन ।
२, घरबाहिर गएर आएपछि नुहाउनुपर्छ । साबुनपानीले राम्रोसँग हात–खुट्टा धुन बिर्सनु भएन । हात–खुट्टा साबुनपानीले धुँदा ८० प्रतिशत कीटाणु मर्छन् ।
३, प्रशस्त पानी पिउनुपर्छ । हावाहुरीले शरीर सुक्खा हुने हुँदा शरीरमा पानीको मात्रा कम हुन सक्छ । पानीको मात्रा शरीरमा कम हुँदा पनि एलर्जी हुन्छ । सोही कारण सुक्खा मौसममा प्रशस्त पानी पिउनुपर्छ । सरुवारोगका बिरामी भएको ठाउँ, अत्यन्तै धुलो उड्ने ठाउँमा विशेष काम परे मात्र जानुपर्छ । त्यस्ता ठाउँमा जाँदा प्रदूषणबाट बच्ने पूर्वतयारी गर्नुपर्छ ।
४, धेरै घाममा नबस्ने, धेरै घाममा बस्दा पनि हाम्रो शरीरमा एलर्जी हुन सक्छ । एलर्जी भयो भने अत्यधिक चिलाउँछ । छाला रातो हुन्छ । धेरै कन्याउँदा छालासम्बन्धी अन्य रोग पनि लाग्न सक्छ । त्यसैले चिकित्सकलाई देखाएर उपचार गर्नुपर्छ ।