धरान: धरान ३ स्थित सगरमाथा एस.डी. कलेजको आयोजना र साकेला टेक्निकल एकेडेमीको सहकार्यमा एक हप्ते मन्टेश्वरी तालिम बुधबार सम्पन्न भएको छ ।

कलेजका शिक्षा संकायमा कक्षा ११ र १२ मा अध्ययनरत २२ जना छात्र छात्राहरुलाई सो तालिम प्रदान गरिएको हो । तालिम अबधिभर  ब्यवहारिक जीवन अभ्यास, कक्षा कोठा ब्यबस्थापन लगायतका कुराहरु सिकाईएको एकेडेमीका प्रमुख कार्यकारी अधिकृत एबम सहजकर्ता शालिक शतासक राईले जानकारी दिए । सगरमाथा कलेजले नियमित पठनपाठनको अतिरिक्त बिद्यार्थीहरुलाई आत्मनिर्भर बनाउन अन्य जीवन उपयोगी शिक्षा दिइने कलेजका प्रिन्सिपल सन्तोष राईले बताए ।

sagarmatha-sd-collage

तालिममा सहभागी नमिता राईले साना बच्चाहरुलाई डर त्रास नदेखाई माया गरेर कसरी पढाउने, कक्षा कोठा डेकोरेसन कसरी गर्ने आदि बारेमा महत्वपुर्ण कुरा सिक्न पाएकोमा खुशी व्यक्त गरिन । छात्राद्वय सुनिता घिसिंङ र दीक्षा श्रेष्ठले पनि समापनमा तालिमको अनुभब सुनाएका थिए । तालिममा सहभागीहरुलाई प्रिन्सिपल सन्तोष राई, भाइस प्रिन्सिपल देवराज रेग्मी, कलेजका को-अर्डिनेटर बिशाल राई, कोशिपत्र दैनिकका निर्देशक योगेसबाबू काफ्ले लगायतले प्रामाणपत्र वितरण गरेका थिए । कार्यक्रमको संचालन शिक्षिका सबिता खतिवडाले गरेकी थिइन् ।